२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार

दार्चुला भ्रमणः संसदीय टोली अचानक रोकियो, गृह सचिव र महानिरीक्षक पुगेर फर्किए

२६ वैशाख, काभ्रेपलाञ्चोक । दार्चुला जाने अन्तिम तयारी भैसकेको संसदीय टोली अचानक भ्रमण स्थगित भएपछि निकट भविष्यमा जाने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो । तर भ्रमणका लागि निर्धारित मिति पटक पटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट […]

मुख्‍य समाचार समाज

वीरमा दाँत उपचार गराउँदै प्रधानमन्त्री

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको छ ।

मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

२६ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमार्फत एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् । २४ गते पक्राउ परेका शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम

२६ वैशाख, काभ्रेपलाञ्चोक । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो । पचास वर्षीय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो । लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाईबाट चियाइरहन्थे। अब कसरी परिवारलाई […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलभित्र भेल पस्यो, यात्रु र कर्मचारीलाई सास्ती

२६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासी भेल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ । विमानस्थल प्रवक्ता सुवास झाका अनुसार पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको हो। उनले रातोकागजसँग भने, ‘विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान छ । एक्कासी ठूलो पानी पर्‍यो […]

मुख्‍य समाचार राजनीति

अनेक गर्छु, तर पूरै अवधि सरकार मै चलाउँछु : प्रधानमन्त्री प्रचण्ड

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् । उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् ।’ […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘पुजार सार्की’मा विभेदको कथा : निर्देशक राउत

२६ वैशाख, काठमाडौँ । चलचित्रले पार्ने प्रभाव अन्य माध्यमको तुलनामा बलियो मानिन्छ । यसले आम मानिसमा एककिसिमको सन्देश र भाष्य निर्माण गर्छ । त्यसैले चलचित्रमार्फत विभेद र वर्गीय सङ्घर्षको कथा देखाउने उद्देश्यले निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ । ‘पुजार सार्की’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा निर्देशक राउतले […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

झापामा घरभित्र १ वृद्धा मृत फेला

२६ वैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फोनपछि प्रकाशले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन : गगन थापा

२६ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन् । बुधबार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताए । उनले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो

२६ वैशाख, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले […]

मुख्‍य समाचार समाचार समाज

मानव तस्करीमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

२६ वैशाख, काठमाडौँ । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

चालक दलका सदस्य विरामी हुदा , एयर इन्डियाका ७० उडान रद्द

२६ वैशाख,नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका […]