२८ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति

सचेतकहरुसँग छलफल गर्दै सभामुख

२७ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दैछन् । प्रतिनिधि सभाको चौथो अधिवेशन शुक्रबार दिउँसो दुई बजेबाट सुरु हुँदैछ । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सभामुखले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने शुक्रबार दिउाँसे […]

राजनीति

मुख्‍यमन्त्री हिक्मतको नियुक्तिविरूद्ध सर्वोच्च गए केदार कार्की

२७ वैशाख, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल […]

मुख्‍य समाचार राजनीति

फेरि फुट्यो जसपा, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

२७ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो । माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो । उनीसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार […]

मुख्‍य समाचार समाचार समाज

उदयपुरको त्रियुगामा खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो

२७ वैशाख, गाईघाट । यसवर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहत सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् । त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० […]

खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकप : नेपालको खेल तालिका, प्रमुख हतियार, बलियो पक्ष

२७ वैशाख, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । टी–२० विश्वकपमा नेपालको […]

राजनीति

कोशीका नवनियुक्त मुख्यमन्त्रीको शपथ दिउँसो ४ बजे

२७ वैशाख, मोरङ । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ । कोशी प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ दिउँसो हुन लागेको हो । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की आजै एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश […]

मुख्‍य समाचार राजनीति समाचार

जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

२७ वैशाख, काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर नगरपालिका(१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख […]

मुख्‍य समाचार सूचना प्रविधि

एप्पलको बिक्री सबैजसो मुलुकमा घट्यो

२७ वैशाख, काठमाडौं । अमेरिकी कम्पनी एप्पलका उत्पादनहरुको बिक्री विश्वव्यापी रुपमै घटेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को पहिलो ३ महिनामा आइफोनको विश्वव्यापी मागमा १० प्रतिशतले गिरावट आएको छ भने समग्र बिक्री युरोपबाहेक विश्वका सबैजसो भौगोलिक क्षेत्रहरुमा घटेको छ । एप्पलका अनुसार यस अवधिमा कम्पनीको आम्दानीमा ४ प्रतिशतले कमी आएर […]

मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए सपथ

२७ वैशाख, धनगढी । १५ बैशाखमा भएको उपनिर्वाचनमा बझाङ १ को ९क० निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । […]

कोशी मुख्‍य समाचार

कोशीको मुख्यमन्त्रीमा दाबी गरेका कार्की समर्थकको सनाखत सुरु

२७ वैशाख, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले नेता हिक्मतकुमार कार्कीलाई समर्थन गरेका सांसदको सनाखत सुरु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गरेका थिए । कार्कीले […]

मुख्‍य समाचार राजनीति

कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की नियुक्त

२७ बैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज विहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरे […]

मुख्‍य समाचार समाचार समाज

सहुलीयत ऋणको व्यवस्था भए कृषि क्षेत्रमा क्रान्ति आउँछ ः मन्त्री साह

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्याला कुमारी शाहले नेपालमा लेखापरीक्षणको पारदर्शिता हुनु अत्यन्तै आवश्यक भएको बताएकी छन् । उनले कृषि क्षेत्र अघि बढेमात्रै देशमा समृद्धि आउने भन्दै सरकारले कम्तीमा १५ वर्ष सम्मको सहुलीयत ऋण दिने व्यवस्था मिलाउन सके कृषि क्रान्ति हुने धारणा राखिन । कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएकी उनले सबैलाई यो क्षेत्रको विकासमा ध्यान दिन […]