२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कालीगण्डकीमा र्‍याफ्टिङ, प्याडल नेपालको वर्चश्व

२९ माघ, पोखरा । पर्वत र बागलुङको सीमाना मालढुंगा कालीगण्डकीमा भइरहेको साहसिक खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगितामा प्यानल नेपालले वर्चश्व कायम राखेको छ । सोमबार भएको प्रतियोगिगतामा प्याडल नेपालले मेन्स स्प्रिन्ट इभेन्ट र मेन्स स्प्रिट हेड टु हेड दुवै विधामा बाजी मारेको हो । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित निकाल्दा […]

अर्थ बैंक–वित्त समाचार समाज

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको समीक्षा, २ करोडसम्म ऋण लिने साना उद्यमीलाई सहजता

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। चालू आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक व्यवस्थामा ६ महिना पछिको अवस्था हेरेर केही संशोधन समेत गरेको हो। राष्ट्र बैंकले गरेको संशोधित व्यवस्था अनुसार कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था […]

बैंक–वित्त

अलपत्र बन्यो झापाको बहुआयामिक संग्रहालय

२९ माघ, झापा । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरुको दाबी छ । मेचीनगरका आदिवासी जनजातिले पहिचानका लागि विगत दुई दशकदेखि सङ्ग्रहालयको माग […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बागलुङको पाखो जग्गा बन्यो कागती बगैँचा

२९ माघ, गलकोट । भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट रु छ लाख कमाइ गर्‍यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट-११ रिघाका […]

मुख्‍य समाचार समाचार समाज

अरुण चौधरीलाई छाड्‍न आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

२९ माघ, काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा अनियमितता प्रकरणमा दुई दिनभित्रमा अनुसन्धान पूरा व्यवसायी अरुणकुमार चौधरीलगायतलाई हाजिरी जमानतमा छाड्न आदेश गर्ने जिल्ला अदालत काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई आज मुगु जिल्ला अदालत काज सरुवा गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ […]

समाचार समाज

विश्वका मानिसको मन लोभ्याउँदै मनाङ

२९ माघ, मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् । यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।चामेको […]

मुख्‍य समाचार समाचार समाज

चरा संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड, १० बुँदे प्रतिबद्धता

२९ माघ, नवलपुर। विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थालेको भन्‍दै सरोकारवालाहरूले चरा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नवलपुरको कावासोतीमा दोस्रो नेपाल बर्ड फेयरमा उनीहरूले १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै चरा संरक्षण गर्नु पर्नेमा जोड दिएका हुन् । गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर […]

राजनीति

बाबुराम र विप्लवसँग पार्टी एकता हुनेमा संशय छ : प्रचण्ड

२९ माघ,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका पार्टीसँग एकता गर्ने विषय अझैँ पनि संशयको स्थितिमा रहेको ब्रिफिङ गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी एकता बारे छलफल भइरहेकै भए पनि निष्कर्षमा पुग्न नसकेको बताएको बैठकमा सहभागी एक नेताले बताए । ‘पार्टी एकताका विषयमा छलफल […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

डिजिटल कर्णाली कन्क्लेभ फागुनमा

२९ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘डिजिटल कर्णाली कन्क्लेभ–२०२४’ को आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभ हुने भएको हो । प्रदेश राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म चल्ने उक्त कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्ट थिममा केन्द्रित रहने मन्त्रालयका […]

खेलकुद समाचार समाज

क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

२९ माघ, काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालले ओपनर […]

अर्थ मुख्‍य समाचार समाचार समाज

लुम्बिनीको आम्दानीको ५० प्रतिशत स्थानीयलाई दिन माग

२९ माघ, बुटवल । लुम्बिनीको मायादेवी मन्दिरको भेटीबाट हुनेलगायत अन्य आम्दानीको ५० प्रतिशत हिस्सा स्थानीय पालिकालाई दिन स्थानीयले माग गरेका छन् । लुम्बिनी बचाउ संघर्ष समितिले लुम्बिनी विकास कोषलाई योसहित १९ बुँदे माग गरेको हो । लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि यसको विकासमा स्थानीयको योगदान भएपनि यहां हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको भन्दै समितिले […]