२९ फाल्गुन २०८२, शुक्रबार
समाचार समाज

फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

१६ फागुन, काठमाडौं । काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो । त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको छ । […]

अन्तर्राष्ट्रिय समाचार समाज

पतञ्जली आयुर्वेदमाथि प्रतिबन्ध लाग्‍नसक्छ

१६ फागुन, काठमाडौं ।  भारतको सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदमाथि पूर्ण रुपमा प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएको छ । यसअघि आफूले दिएको फैसला उल्लंघन गर्दै भ्रमपूर्ण विज्ञापन गरेको भन्दै सर्वोच्चले प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मंगलवार अदालतको अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले पतञ्जलीले आफ्ना उत्पादनबाट केही रोगको निदान हुने भन्दै सम्पूर्ण […]

अर्थ मुख्‍य समाचार समाचार समाज

विद्युत् प्राधिकरणले ६ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

१६ फागुन, काठमाडौँ । सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ । प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख […]

मुख्‍य समाचार समाचार समाज

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

१६ फागुन, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको छ । समितिले यसअघि २०७९ र २०८० सालका भित्तेपात्रो प्रकाशकले खोजेमात्र सार्वजनिक बिदा एवं साइत दिने गरेको थियो । यस वर्षदेखि भने […]

मुख्‍य समाचार समाचार समाज

चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपति पौडेलको जोड

१६ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन् । भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आज यहाँ आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवम परामर्श कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो […]

मुख्‍य समाचार समाचार समाज

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

१६ फागुन, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि […]

मुख्‍य समाचार समाचार समाज

हुबहु समाचार सार्ने १८३ अनलाइन काउन्सिलको कारबाहीमा

१६ फागुन, काठमाडौँ। प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चार […]

मुख्‍य समाचार समाचार समाज

कलाकार कुटपिट अभियोगमा शर्मिला वाइबा पक्राउ

१६ फागुन, काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । एक जना व्यक्तिले कुटपिट गरेको जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी […]

राजनीति समाचार समाज

मिटरब्याज पीडितहरुको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्छः प्रधानमन्त्री दाहाल

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘ऐन बनाएर समस्या समाधानको कोसिस गर्दा पनि केही समस्या अझै बाँकी […]

राजनीति विचार समाचार समाज

माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो आए सडकमा

१६ फागुन, काठमाडौं । माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बिरोध प्रदर्शन गरेको छ । बुधवार डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगि आन्दोलन गरेका हुन् । उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच […]

राजनीति समाचार समाज

ईपीजीको प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको छ : प्रचण्ड

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको बताएका छन् । बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उपस्थित भएका उनले दुबै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुबै सरकारले एकै चोटी बुझ्ने र घोषणा गर्ने गृहकार्य भइरहेको बताएका हुन् । […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेदरल्याण्ड्ससँग पनि हार्‍यो नेपाल

१६ फागुन, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा […]