२६ बैशाख २०८१, बुधबार
राजनीति विचार समाचार समाज

माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो आए सडकमा

१६ फागुन, काठमाडौं । माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बिरोध प्रदर्शन गरेको छ ।
बुधवार डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगि आन्दोलन गरेका हुन् ।

उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र खुला गर्, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर्, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर्, राष्ट्रिय मुक्ति क्रान्ती, हामीलाई रोक्ने तिमी को हो ? गृहमन्त्री राजीनामा दे लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्