२९ फाल्गुन २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान

२१ फागुन, चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सहकारी ठगी आरोपमा ३ जना पक्राउ

२१ फागुन, पोखरा । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएलगत्तै उनीहरु पक्राउ परेका हुन् । उनीहरुले सहकारीको करिब […]

मुख्‍य समाचार समाचार समाज

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

२१ फागुन, काठमाडौं । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘विविध कारणले शिखर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

निजामतीतर्फ ‘नेपाल सूचना प्रविधि सेवा’ प्रस्ताव, सचिव हुन नपाउने

२१ फागुन, काठमाडौं । सरकारले संघीय निजामती सेवाअन्तरगत सूचना प्रविधि (आईटी) सेवा लाई छुट्टै सेवाका रूपमा राख्न प्रस्ताव गरेको छ । संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’मा निजामती अन्तरगत ‘नेपाल सूचना प्रविधि सेवा’ पनि राख्न प्रस्ताव गरिएको हो । हाल निजामती सेवा ऐनमा आर्थिक योजना तथा तथ्यांक सेवा, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीन मन्त्रीले लिए शपथ, सबै मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखे

२१ फागुन, काठमाडौं । तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति […]

मुख्‍य समाचार समाचार समाज

मुगुका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२१ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित ६जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

२१ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए । ‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जसपाले आजै मन्त्री नपठाउने

२१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ । पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिए । माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक÷एक जना मन्त्रीको शपथ भने आजै हुँदैछ ।  

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले अनलाइनखबरसँग भने । कांग्रेस अब प्रतिपक्षमा बस्ने […]

मुख्‍य समाचार राजनीति समाचार

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । मंगलबार (भोलि) दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो विकसित घटनाक्रम बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पौडेलले जानकारी गराए । कार्यसम्पादन समिति ४६ जनाको हुने […]

संसद पुग्यो संघीय निजामती सेवा विधेयक (विधेयकसहित)

२१ फागुन, काठमाडौं । संघीय निजामती विधेयक संघीय संसद सचिवालय पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा लगेको हो । संसद सचिवालयका अनुसार विधेयक दर्ताको प्रक्रियामा छ ।

माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’ नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले मन्त्री पदको शपथ ग्रहण गर्ने छन् । उनीहरुको मन्त्रालय भने टुंगो […]