२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेले टुंग्यायो मन्त्रीहरु, मन्त्रालय टुंगिन बाँकी

२३ फागुन, काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम, शिक्षामा सुमना

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको […]

देउवाले लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् । बुधबार साँझ ५ बजे भेटको समय तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए । देउवा–महन्थ भेट्ने स्थान भने तय नभइसकेको झाले बताए । देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पशुपतिमा जोगी र साधुसन्तहरुको चहलपहल बढ्यो

२३ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले साधुसन्तको संख्या यस वर्ष कम हुने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दलहरु आन्तरिक छलफलमा, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

२३ फागुन, काठमाडौं । आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माधव नेपाललाई भेट्न गए शेरबहादुर देउवा

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा […]

मुख्‍य समाचार समाचार समाज

त्रिशूलीमा बस खस्याे, ६ जनाकाे मृत्युु

२३ फागुन, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए । उद्धार कार्य […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विश्वभर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम ‘डाउन’, लाखौ प्रयोगकर्ता पहुँच बाहिर

२२ फागुन, काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ । फेसबुक र इन्स्टाग्रामका लाखौं प्रयोगकर्ताहरू सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन् । समस्या देखिएपछि विश्वभरका फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ताले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

परराष्ट्रमन्त्री नहुँदा रुसी विदेशमन्त्रीसँगको टेलिफोन वार्ता अन्योलमा

२२ फागुन, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग परराष्ट्रमन्त्री तहमा आगामी बिहीबार हुने तय भएको टेलिफोन वार्ता अन्यौलमा परेको छ । रुसी सेनामा भर्ती भएका नेपाली, युक्रेन युद्धमा मारिएका नेपालीहरूको शव फिर्ता र क्षतिपूर्तिलगायत विषयमा छलफल गर्न तय भएको टेलिफोन वार्ता सत्ता गठबन्धन परिवर्तन भएसँगै अन्यौलमा परेको हो । परराष्ट्र मन्त्रालयले यस विषयमा गृहकार्य भइरहेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माधव नेपालको घरमा पुगे प्रचण्ड र ओली

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको प्रमुख सचेतकमा बर्तौला सचेतकमा सुनिता बराल

२२ फागुन, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । ससदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।