२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गृहसचिवमा एकनारायण अर्याल नियुक्त

२८ फागुन, काठमाडौं । सरकारले गृह सचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए। यसअघि दिनेश भट्टराई गृहसचिव थिए।

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रिपरिषदका ५ समितिमा तोकिए संयोजक

२८ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ । राजनीतिक समितिको संयोजन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ तोकिएका छन् । विधेयक समितिको नेतृत्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्नेछन् । […]

मुख्‍य समाचार समाचार समाज

डेढ करोड रुपैयाँसहित नेपालगञ्जबाट ८ जना पक्राउ

२८ फागुन, काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस कोटामा नियुक्त ३ प्रदेश प्रमुख बर्खास्त

२८ फागुन, काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश […]

मुख्‍य समाचार समाचार समाज

कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी, पुलमा पनि सल्कियो

२८ फागुन, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् […]

मुख्‍य समाचार समाचार समाज

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु

२८ फागुन, दार्चुला । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

२८ फागुन, काठमाडौं । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए । ‘शत […]

मुख्‍य समाचार समाचार समाज

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

२८ फागुन, बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो । सडक […]

मनोरन्जन समाचार

चलचित्र समीक्षा : पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’

२८ फागुन, काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो । ‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस चलचित्रमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन् । चलचित्र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रञ्जिताले स्थगित गरिन् नाउपाको बैठक

२८ फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको एक […]

मुख्‍य समाचार राजनीति

निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउँछु : युवराज शर्मा

२८ फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्षका उम्मेदवार युवराज शर्माले निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका छन् । राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले संसदीय नियममा रहेर काम गर्ने बताए । ‘राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको खण्डमा म सभाको गरिमा बढाउने नै काम गर्छु’ […]