विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड : LIVE
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि बस्न लागेको प्रतिनिधि सभाको बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक जारी छ । कार्यव्यवस्था समितिको बैठकमा प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा पनि नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर […]
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न उपाध्यक्ष अर्याल बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन् । भेटमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उपाध्यक्षको राजीनामाको विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक-फरक दलबाट […]
३० फागुन, काठमाडौं । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा […]
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बस्ने छ । बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, आगामी १५ दिनको क्यालेन्डर लगायतका एजेण्डा रहेको सभामुखको सचिवालयले जनाएको […]
३० फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमले फेसबुकमा लेखेका छन् । […]
३० फागुन, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा […]
३० फगुन, काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी२-० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल […]
२९ फागुन, काठमाडौं । लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटाउने सहमति भएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि […]
२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गर्न सरकारलाई आदेश दिएको छ । द्वन्द्वपीडितहरुले दायर गरेको एक रिटमाथि न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले एक महिनाभित्र आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरी नियुक्ति प्रक्रिया अघि […]
२९ फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । पार्टी अध्यक्ष एवंम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् । ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति […]