३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

नित्या रञ्जना लिपी सार्वजनिक, युनिकोडमा पनि लेख्न सकिने

३ चैत, काठमाडौं । नित्या रञ्जना लिपी सार्वजनिक भएको छ । शनिबार काठमाडौं बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित एक कार्यक्रममा रञ्जना लिपीको लिपी सार्वजनिक गरिएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले औपचारिक रुपमा रञ्जना लिपीको अनावरण गरिन् । उनले माइक्रोसफ्ट वर्डमा रञ्जना लिपीमा टाइप गरेरसमेत देखाइन् । कार्यक्रममा रञ्जना लिपीबारे स्वर वर्ण, व्‍यञ्जन वर्ण […]

मुख्‍य समाचार समाचार समाज

शिक्षा समितिमा सभापति नहुँदा शिक्षा विधेयक संशोधनमा ढिलाइ

३ चैत, काठमाडौँ। नयाँ शिक्षामन्त्री नियुक्ति र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति रिक्त भएपछि ‘विद्यालय शिक्षा विधेयक–२०८०’ माथिको दफाबार संशोधन प्रक्रिया प्रभावित भएको छ । समितिका सभापति भानुभक्त जोशी गत फागुन २३ मा पुनःगठित मन्त्रिपरिषद्मा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । जोशी मन्त्री नियुक्त हुनुभएपछि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम […]

मुख्‍य समाचार समाचार समाज

सुन प्रकरण : नुवाकोट प्रहरी प्रमुख सञ्जयसिंह थापा बर्खास्त

३ चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ । त्यसक्रममा सीआईबी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रम

३ चैत, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतालाई बुझाएको छ । कार्यदल न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई बुझाएको हो । कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र […]

मुख्‍य समाचार समाचार समाज

त्रिविको लापरबाही : महिना ३० को परीक्षा ३१ गते

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो । त्रिविले शुक्रबार सार्वजनकि गरेको परीक्षा तालिकामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने […]

मुख्‍य समाचार राजनीति समाज

सहकारी ठगीमा अनुसन्धान गर्न पूर्वउपराष्ट्रपतिका छोरा दिपेशलाई रुपन्देही लगियो

३ चैत, काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार राति नै रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ । रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६ करोड रुपैयाँ बचत फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नपाएका पीडितले दिपेशविरुद्ध पनि उजुरी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बाबुरामको पार्टी फुट्यो, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने

३ चैत, काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिए डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् […]

मुख्‍य समाचार समाचार समाज

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

३ चैत, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटनाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । […]

मनोरन्जन मुख्‍य समाचार

राजेश हमाललाई ओलीको कटाक्ष : महानायक हुँदाहुँदै म किन फिल्ममा आउने ?

२ चैत, काठमाडौं । राजनीतिज्ञको रुपमा केपी शर्मा ओली र अभिनेताको रुपमा राजेश हमालबीच एउटा समानता छ- दुवै जनामाथि प्रशस्तै ट्रोल र मिम बन्छन् । दुवैको हास्यचेत गज्जबको छ । शुक्रबार यी दुईजना एउटै मञ्चमा सुनिए । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको विमर्श सत्रमा यी दुईले कला, समाजवाद, अध्यात्म, राजनीतिदेखि ब्रह्माण्डसम्मका आयाममा गफगाफ गरे । दुई […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दाँते भनेर लगाइएको ओखर हाँडे निस्किएपछि…

२ चैत, डोटी । कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ । हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन् । दाँते […]

मुख्‍य समाचार समाचार समाज

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

मुख्‍य समाचार राजनीति समाचार समाज

आयोगले बुझाएको सुनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

२ चैत, काठमाडौं । मन्त्रिपरिषद्ले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले  बताए ।