३० फाल्गुन २०८२, शनिबार
अर्थ मुख्‍य समाचार

ढोरपाटनका किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

५ चैत, बागलुङ । जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

यी हुन् आईपीएल जितेका टोलीहरू

५ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सर्वाधिक सफल टोली हुन् । यी दुई टोलीले समान पाँच ट्रफी जितेका छन् । चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा रोहित शर्माको […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

एमाले कञ्चनपुरको अधिवेशनमा विवाद, पार्टी कार्यालयमा तालाबन्दी

५ चैत, धनगढी । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनलाई लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको छ । नेताहरूले पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष […]

समाज

थारु युवा जागरणले गर्‍यो विभिन्न व्यक्तिलाई सम्मान

४ चैत, काठमाडौं । थारु युवा जागरण संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।  शनिबार संस्थाको चौथो वनभोज तथा परिचयात्मक कार्यक्रमको अवसरमा भक्तपुरको निलबाराही मन्दिरस्थित पिकिनिक स्थलमा उनीहरुलाई सम्मान गरिएको हो । माननीय सांसद तेजुलाल चौधरीको प्रमुख अतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथिहरु चम्पन्न सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, राष्ट्रिय थारु कलाकार […]

मुख्‍य समाचार समाचार समाज

दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

४ चैत, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह राठौरले अनलाइनखबरलाई जानकारी दिए । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन […]

मुख्‍य समाचार समाचार समाज

जनकपुरमा आरती साहकी सासु पक्राउ

४ चैत जनकपुरधाम । आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । आरती साहको हत्या मुद्दामा सासु रेणु फरार प्रतिवादी थिइन् । प्रहरीले यही मुद्दामा आरतीका देवर रवि […]

मुख्‍य समाचार समाचार समाज

सुन तस्करीबारे सीआईबीले फेरि अनुसन्धान गरेर पुरक अभियोग लैजाने

  ४ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ । ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित अयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पुरक अभियोग लैजाने अनलाइनखबरलाई बताए । […]

मुख्‍य समाचार राजनीति

महाधिवेशन तयारी गर्न एकीकृत समाजवादीले बनायो १३ कमिटी

४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठ पहिलो साता हुने दशौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि १३ वटा समिति गठन गरेको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै नेताहरुलाई राखेर समितिहरु गठन गरिएको अपानि–१४ मा उल्लेख छ । ‘महाधिवेशन तयारीका क्रममा पार्टी सचिवालयको बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै कमरेडहरु रहेनगरी पार्टी […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम सरकारलाई समर्थन दिने नाउपाको निर्णय, २ सांसद अनुपस्थित

४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् । आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पोखरा पर्यटकीय राजधानी घोषणा

४ चैत, काठमाडौं । कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य […]

मुख्‍य समाचार राजनीति समाचार

रास्वपा सरकारमा गएपछि दबाब यात्रा स्थगित

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो । २१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । ‘नयाँ र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले […]

मुख्‍य समाचार राजनीति समाचार

सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित

४ चैत, काठमाडौं ।प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । ६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल […]