१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा दाताका भरमा अञ्चल बाल अनाथालय

२७ जेठ , कञ्चनपुर । अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित समाजकल्याण अञ्चल बाल अनाथालय दाताका भरमा सञ्चालन भइरहेको छ ।
विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् ।
तत्कालीन जिल्ला विकास समितिले वार्षिकरुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको भए पनि पछिल्ला वर्षमा राज्यस्तरबाट कुनै सहयोग नभएको समाजकल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले जानकारी दिए ।
“सरकारले दिने अनुदान रकम स्थानीय सरकार आइसकेपछि बन्द हुँदा अनाथालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको छ”,अध्यक्ष जोशीले भने “अहिले दाताहरुको भरमा अनाथालय सञ्चालन भइरहेको छ ।”
उनले अनाथालयमा हाल २४ बालबालिका आश्रित रहेको बताए । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हुँदै आएको उनको भनाइ छ ।
“भवन अभाव हुँदा जीर्ण भवनमा बालबालिका राख्नुपरेको छ”,उनले भने, “भौतिक पूर्वाधारका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोगका निम्ति आग्रह गरेका छौँ ।”
उनले अनाथालयमा आश्रय लिएर पढेका धेरै बालबालिका सरकारी सेवामा प्रवेश भइसकेको बताए। अनाथालय व्यवस्थापन समितिसँगै दाताको खाद्यान्न, लत्ताकपडा लगायतको सहयोगले अनाथालय चलिरहेको उनको भनाइ छ ।
“जन्मदिन, विवाह उत्सवलगायत खुसीमा यहाँ दाता सहयोग गर्छन्”,उनले भने, “यहाँका नागरिकले अनाथालय सञ्चालनमा महत्वपूर्ण सहयोग गरेका छन् ।”अनाथालयमा हाल एक सय ९३ टुहुरा बालबालिकालाई आश्रय लिएका छन ।

प्रतिक्रिया दिनुहोस्