१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

सांसद खानद्वारा सपथ ग्रहण

७ वैशाख , काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको सपथ गराए । सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

रुखबाट खसेर एक युवकको मृत्यु

७ वैशाख , बाग्लुङ । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए । घाइते सुनारलाई […]

समाचार

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

७ वैशाख , गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए । चैतमा मात्रै […]

समाज

अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ

७ वैशाख , काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरीन् । उहाँको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो । रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरी उहाँको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली […]

खेलकुद

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

७ वैशाख, काठमाडौं – नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएकोछ ।   ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।सन्दीप जोराले ४० बलमा ४ […]

मुख्‍य समाचार समाज

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत

६ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बस दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको सनाखत भएको छ ।   जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईका अनुसार मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका-१ बस्‍ने १६ वर्षीय शिव श्रेष्ठ, भीमेश्वर-१कै ७० वर्षीय मानबहादुर थामी र सोही नगरपालिकाका १९ वर्षीय दिपेन्द्र थामी रहेका छन् […]

खेलकुद मुख्‍य समाचार

दीपेन्द्र र सन्दीप आउटसँगै संकटमा नेपाल

७ वैशाख, काठमाडौं । प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध संकटमा पुगेको छ ।   दीपेन्द्र स्पिनर आयन खानको १४ औं ओभरको दोस्रो बलमा ५ रनमा एलबीडब्लू आउट भएका हुन् । दीपेन्द्र उत्कृष्ट लयमा थिए । कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका थिए […]

मुख्‍य समाचार

सङ्खुवासभामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालनमा

७ वैशाख , सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले जानकारी दिए । गत चैत २७ गते भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लची डाँडामा […]

खेलकुद मुख्‍य समाचार

कमजोर प्रदर्शन गर्दै कप्तान रोहित आउट

७ वैशाख, काठमाडौं । नेपालका कप्तान रोहित पौडेल एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध कमजोर प्रदर्शन गर्दै क्याच आउट भएका छन् ।   उनी १८ बलमा ५ रन बनाएर आउट भएका हुन् । अली नासिरको सातौं ओभरको अन्तिम बलमा सैइद हैदरबाट क्याच आउट भएका हुन् ।   बाउन्सर बलमा क्याच […]

खेलकुद मुख्‍य समाचार

नेपालको पावर प्लेमा कमजोर ब्याटिङ

७ वैशाख, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरूवात गरेको छ ।   ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाएको छ ।   नेपालका कप्तान रोहित पौडेल […]

मुख्‍य समाचार समाज

अर्घाखाँची बस दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

७ वैशाख, बुटवल। अर्घाखाँचीमा बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।   जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते शितगंगा ८ लाहापेका १३ वर्षीय प्रज्ज्वल बुढाथोकीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।   सुपादेउराली मन्दिर दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे […]

खेलकुद मुख्‍य समाचार

आसिफ शेख पनि आउट, सुरुवातमा नेपालको संघर्ष

७ वैशाख, काठमाडौं । नेपालका ओपनर आसिफ शेख एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा आउट भएका छन् । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भएका हुन् । त्यसअघि तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल […]