१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

१४ वैशाख, काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो । नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा […]

मुख्‍य समाचार

मुग्लिन–पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरी पुल बनाइँदै

१४ वैशाख, गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो । निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न […]

मुख्‍य समाचार समाचार समाज

उदयपुरको रौतामाइमा आगलागी, ५० लाखको क्षति

१४ वैशाख, गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो । आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित रु […]

अर्थ समाचार समाज

लगानी सम्मेलनमा मेट्रो रेलदेखि डाटा सेन्टरसम्मका १५१ परियोजना, आउला त लगानी ?

१४ वैशाख, काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने […]

मुख्‍य समाचार राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

१४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको […]

मुख्‍य समाचार समाचार समाज

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

१४ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा […]

मुख्‍य समाचार समाचार समाज

मनाङ र लमजुङ जोड्ने बेँसीसहर-खुदी सडक कालोपत्र

१४ वैशाख, लमजुङ। मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको छ । उक्त सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर खण्ड कालोपत्र भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर किरण पोखरेलका अनुसार अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको हो । पाँच दशमलव पाँच मिटरमा सवारीसाधन सञ्चालन हुने, एक दशमलव एक मिटर पानीको निकास र […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि कक्षा १२ को परीक्षा सुरू

१४ वैशाख, भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डले देशभर एक हजार पाँच सय २५ […]

मुख्‍य समाचार राजनीति

पाल्पामा प्रतिनिधि सभा र ७ प्रदेशका सभामुखहरूको अन्तरसंवाद

१४ वैशाख, तानसेन । पाल्पाको तानसेनमा आजदेखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् । कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च […]

खेलकुद मुख्‍य समाचार

आइपीएलमा हैदराबाद बेंगलोरसँग पराजित

१४ वैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो । हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्रविस हेड […]

मुख्‍य समाचार राजनीति

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा दर्ता, अध्यक्ष र सञ्चालकले आफ्नो लगानी खुलाउनु पर्ने

१३ वैशाख, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ। यसअघि २०७५ सालमा राष्ट्रिय सभामार्फत् नै अघि बढाइएको विधेयक प्रतिनिधि सभामा छलफलमै रहेका बेला कार्यकाल समाप्त हुँदा निष्क्रिय हुन पुगेको थियो। सरकारले ल्याएको नयाँ विधेयकमा पत्रकारहरूले अब मिडिया काउन्सिलबाट परिचयपत्र लिनुपर्ने व्यवस्था राखिएको छ। हाल सरकारको सूचना विभाग र प्रदेशस्थित सञ्चार रजिष्टारका […]

खेलकुद

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मैत्रीपूर्ण फुटवलः बंगलादेशको टोली विजयी

१३ वैशाख, काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले एनएफपिजेलाई पराजित गरेको हो […]