२७ बैशाख २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

१४ वैशाख, काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्