२ चैत्र २०८२, सोमबार
समाचार समाज

बालविवाह अन्त्यका लागि सचेतना कार्यक्र्म

१७ वैशाख, काठमाडौँ । बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी सङ्स्था सिविनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा […]

मुख्‍य समाचार समाज

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

१७ वैशाख, मोरङ । लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ । बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताए । अन्न भण्डारको रुपमा मानिने […]

मुख्‍य समाचार समाज

भोजपुरमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

१७ वैशाख, भोजपुर ।  भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार […]

मुख्‍य समाचार राजनीति

बझाङ-१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

१७ वैशाख, धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा […]

अन्तर्राष्ट्रिय खेलकुद

टी–२० विश्वकपकालागि न्यूजिल्याण्डको टोली घोषणा

१७ वैशाख, काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामाजुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपकालागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ । न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताकालागि टिम किट पनि सार्वजनिक गरेको छ। स्टार खेलाडी केनविलियम्सनले कप्तानको जिम्मेवारी पाएका छन् । एकदिवसीयविश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रविन्द्र […]

समाचार समाज

नवलपरासीमा दलित विद्यार्थी शुल्क तिर्न बाध्य

१७ वैशाख, नवलपरासी । पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क तिर्न बाध्य बनाएको छ । रामग्रम–२ को पवन माध्यमिक विद्यालयले भर्ना शुल्कको नाउँमा दलित विद्यार्थीसँग सहयोग  लिएको जनाइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीसँग मनोमानीरुपमा भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कसमेत लिएको रामानन्द हरिजनले जानकारी दिए। संविधानमा निःशुल्क शिक्षाको […]

अर्थ मुख्‍य समाचार

चिनियाँ कम्पनीको लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

१७ वैशाख, काठमाडौँ । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको […]

राजनीति

इलाम-२ मा डम्मरलाई उछिन्यो डकेन्द्रले

१७ वैशाख, इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणना अहिले माई नगरपालिकामा आइपुग्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले नेपाली कांग्रेसका डम्बर खड्कालाई उछिनेका छन् । माई नगरपालिका- ६ को मतगणना सकिँदा थेगिमले ७ हजार ४५२ मतसहित नेकपा एमालेका सुहाङ नेम्बाङलाई पछ्याएका छन् । आइतबारदेखि जारी मतगणनाका क्रममा लगातार तेस्रो स्थानमा रहेका उनी सोमबार माङ्सेबुङका सबै ६ […]

अन्तर्राष्ट्रिय समाज

‘तारक मेहताका उल्टा चश्मा’का कलाकार गुरुचरण वेपत्ता

१७ वैशाख, काठमाडौं । भारतीय चर्चित टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ मा ‘रोशन सिंह सोढी’को भूमिका निभाउने कलाकार गुरुचरण सिंह दिल्लीबाट वेपत्ता भएका छन् । उनी दिल्ली एयरपोर्टबाट वेपत्ता भएको परिवारले जनाएका छन् । परिवारका अनुसार उनी एयरपोर्टबाट मुम्बई जाने तयारीमा थिए । तर उनी न मुम्बई पुगे, न त घर नै फर्किए । उनी […]

अन्तर्राष्ट्रिय अर्थ

चिनियाँ सुरक्षा मञ्जुरी : टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

१७ वैशाख, काठमाडौ । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार हुनुभएको एएफपीका पत्रकारले बताएका छन् । १ वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुग्नुभएको थियो । विश्वको सबैभन्दा ठूलो विद्युतीय […]

अर्थ मुख्‍य समाचार

धादिङको किन्ताङफेदीमा पुल बन्यो

१७ वैशाख, मलेखु । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ । उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा […]

अर्थ मुख्‍य समाचार

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

१७ वैशाख, काठमाडौँ । यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद-अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । […]