२ चैत्र २०८२, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कैलालीमा ७ हजार पशुपन्छीको उपचार

२४ वैशाख, कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो । आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

गोरखामा भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

२४ वैशाख, गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजारको लागतमा सो मन्दिर जीर्णोद्धार गरिएको अर्लाङ्दी मन्दिर लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ध्रुव खनालले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

२४ वैशाख,काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग […]

मुख्‍य समाचार समाचार

कोशी, बागमती र गण्डकीमा आज पनि पानी पर्ने सम्भावना

२४ वैशाख, काठमाडौं ।आज पनि काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेसोमबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारशनिवारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ […]

मुख्‍य समाचार समाज

क्रिकेट मैदानका कर्मचारीलाई ‘मनसरा’को १ लाख सहयोग

२४ वैशाख, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैंयाँ सहयोग गरेको छ । फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रर्वद्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो […]

खेलकुद मुख्‍य समाचार

कोलकाता आइपीएलको शीर्ष स्थानमा

२४ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ११ खेलबाट १६ अंक बनाएको छ । कोलकाता माथि उक्लिएपछि आइपीएल अंक तालिकाको पहिलो स्थानमा रहेको राजस्थान रोयल्स दोश्रो स्थानमा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

बाँकेमा ५ हजार हेक्टर वनमा डढेलो

२४ वैशाख, नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगञ्ज सव डिभिजनको एउटा चक्ला वनसहित […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

२४ वैशाख, बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । सो […]

मुख्‍य समाचार सूचना प्रविधि

भोलिदेखि ‘इन्ड्राइभ’ औपचारिक रुपमै नेपालमा

२३ वैशाख, काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ सोमबारदेखि औपचारिक रुपमै नेपालमा प्रवेशको घोषणा गर्ने भएको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि अमेरिकन इन्ड्राइभ औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता भएर वैधानिक रूपमा सेवामा आउन थालेको हो । इन्ड्राइभ दर्ता नभई सञ्चालन भइरहेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा राइडरहरुलाई रोक्ने र कारवाही गर्ने क्रम तीव्र भएको […]

मुख्‍य समाचार समाचार समाज

सोमबार काठमाडौं महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

२३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

२३ वैशाख, काठमाडौँ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । आज काठमाडौँ उपत्यका पनि सामान्य वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले ती स्थानमा वर्षा भएको हो । गण्डकी प्रदेश क्षेत्रमा जम्मा भएर बसेको स्थानीय […]