४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा

९ जेठ, काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा सयै महिना बत्ती बाल्ने योजना छ । गाउँपालिका कार्यालयले कुनै बस्तीका घरमा केन्द्रीय बिजुलीको तार तान्न, हाउस वाइरिङ गर्न, मिटर बक्स जोड्न बाँकी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’जडान

९ जेठ , पर्सा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी’(टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’जडान गरिएको हो । केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’लिएका ‘एचटी मिटरिङ युनिट’जडित (ट्रान्सफर्मर) जडित क्षमता दुई सय […]

मुख्‍य समाचार राजनीति

जसपा नेपालले तोक्यो केन्द्रीय समिति निर्वाचन मिति

९ जेठ , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ । जसपाले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो । बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै जसपा नेपालले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार पारेको जानकारी दिएको हो । केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ […]

मुख्‍य समाचार राजनीति

बजेटअनुसार परियोजना बनाउन मुख्यमन्त्रीको आग्रह

९ जेठ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश सरकारको आगामी आव २०८१-८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा उनले प्रदेश सरकारको क्षमताका आधारमा निजी क्षेत्रले विकास निर्माणको परियोजना अगाडि बढाउनुपर्ने बताए […]

मुख्‍य समाचार

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

९ जेठ, काठमाडौँ, गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

मालिकाको धुरीमा रु १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

९ जेठ , म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब रु १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ । समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको […]

मुख्‍य समाचार समाचार

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी

९ जेठ, काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘अन्तर्राष्ट्रिय संवाद’हुँदैछ । भोलि सम्पन्न हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’मा २५ देशका विशेषज्ञ सहभागी हुनेछन् । संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि […]

मनोरन्जन मुख्‍य समाचार

‘देवदास’मा ऐश्वर्यालाई १५ मिटर लामो साडी

९ जेठ , काठमाडौं । बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्मलाई भव्य शैलीमा निर्माण गर्ने निर्देशकका रुपमा चिनिन्छन् । उनको पछिल्लो सिरिज ‘हीरामण्डी’ यतिबेला चर्चामा छ । यसअघि उनले कैयौं फिल्म बनाइसकेका छन् । यसमा ‘देवदास’ पनि पर्छ । भन्सालीको यो ब्लकबस्ट फिल्ममा शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षितको अभिनय थियो । हालैमात्र […]

मुख्‍य समाचार विचार

सत्ताको बलमा बदलाको भावनाले प्रेसमाथिको आक्रमण निन्दनीय छ :  डा. डिला संग्रौला

९ जेठ , काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न आग्रह गरेकी छिन् । मंगलबार नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई लिएर डा. संग्रौलाले  सिरोहियाको नागरिकताको विषयमा कानुन सम्मत अनुसन्धान गर्ने […]

मुख्‍य समाचार समाचार

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ

९ जेठ , काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मङ्गलबार संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गर्नुभयो ।   त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायताजस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य […]

मुख्‍य समाचार समाज

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

९ जेठ , काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो । सन् १९९२ […]

मुख्‍य समाचार समाचार

सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् । आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध […]