२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

बाइस हजार ब्रोइलर कुखुरा मरे

२८ असार , नवलपुर नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई

२८ असार , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्यगरी जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्तासमीकरण गरिएको स्पष्ट गरे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलका तर्फबाट भाग लिँदै उहाँले मुलुकमा ठूला दलको अग्रसरतामै गणतन्त्रको स्थापना र संविधान […]

मुख्‍य समाचार समाचार समाज

तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु

२८ असार , दमौली तनहुँ । बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो । कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन […]

मुख्‍य समाचार समाचार समाज

‘पहिरोले बगाएको बसमा सात भारतीय थिए’

२८ असार , मुग्लिन चितवन । नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी २४ जना रहेका प्रमुख जिल्ला […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘राजीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति भयो’

२८ असार , काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पारे । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताए । प्रमुख सचेतक […]

मुख्‍य समाचार समाज

पहिराको जाखिममा रहेका १५ परिवारलाई सुरक्षित स्थानमा सारियो

२८ असार , उदयपुर गाईघाट । त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । चार दिनअघि गएको पहिराले तोरीबारीमा चार घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए । नगरप्रमुख वसन्तकुमार बस्नेतले जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको र उहाँहरूका लागि खानेकुरासहित […]

मुख्‍य समाचार समाज

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

२८ असार , दोधारा चाँदनी कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए-नभएको […]

मुख्‍य समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

२८ असार , काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर गरेको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको ‘सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्यजन्य उपकरण हन्तान्तरण’ कार्यक्रममा स्वास्थ्य सचिवद्वय डा रोशन पोखरेल र हरिप्रसाद मैनालीले ती अस्पतालका निर्देशकलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे । कार्यक्रममा स्वास्थ्य सचिव डा पोखरेलले […]

मुख्‍य समाचार समाज

विचारः विकास प्रयासमा देखिएका चुनौती, सामाजिक न्याय र समृद्धि

२८ असार , काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेट रु एक हजार ७५१ अर्ब भए तापनि संशोधनगरी यस वर्ष एक हजार पाँच सय ३० अर्बमा घटाइएको छ । यसै सन्दर्भमा, आव २०८१/८२ मा एक हजार ८६० अर्बको प्रस्तावित बजेट संसद्बाट पास भए पनि कार्यान्वयनमा चुनौती देखिन्छ । यसमा वैदेशिक अनुदान आव २०८०/८१ मा […]

मुख्‍य समाचार समाज

उद्धार तथा खोजीमा सेना सक्रिय

२८ असार , काठमाडौँ । नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका–२९ को सिमलतालमा वीरगन्जबाट काठमाडौँ आइरहेको र काठमाडौँबाट रौतहटको गौर गइरहेको यात्रुबाहक बस पहिरोले बगाएको खबर हुनसाथ स्थानीयको सहयोगमा उद्धारकार्य जारी राखेको छ । चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । […]

मुख्‍य समाचार समाज

सिमलताल बस दुर्घटनाः तीनजना पौडिएर बाँचे

२८ असार , चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एकजनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरू बिहीबार साँझ ७:३० वजे काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार हुनुहुन्थ्यो । तीमध्ये रौतहटका नन्दन […]

मुख्‍य समाचार राजनीति समाज

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

२८ असार , काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरे । छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ ।