४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र

११ जेठ , महेन्द्रनगर । डडेल्धुराको भित्री मधेस जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्ष बित्दा पनि सडकको नौ किलोमिटर सडकखण्ड मात्रै कालोपत्र भएको […]

मुख्‍य समाचार समाचार

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

११ जेठ, काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

११ जेठ, काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत […]

मुख्‍य समाचार राजनीति

सबैभन्दा सजिलो व्यवसाय भ्रष्टाचार’ राप्रपा अध्यक्ष लिङ्देन

११ जेठ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गरेका । आज राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको भन्दै सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल कानून निर्माण गर्ने तहसम्म पुगेको बताए । […]

मनोरन्जन मुख्‍य समाचार

किरण र ममताको नयाँ गीतमा रोमान्टिक प्रेमकथा

११ जेठ , काठमाडौँ । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको ‘तिमी सुस्तरी छेउ आइदेउन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ । भिडियोले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेम […]

मुख्‍य समाचार समाचार

धावनमार्गमा समस्या देखिँदा १ घण्टा उडान अवरुद्ध

११ जेठ, काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि आज दिउँसो ११ : ४५ देखि १२ : ४५ बजेसम्म उडान अवरुद्ध भएका थिए । “धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो”, उनले भने, “पहिले पनि बर्खा […]

मुख्‍य समाचार समाचार समाज

सहकारी पीडितले पुनः सुरु गरे सडक आन्दोलन

११ जेठ , काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि

११ जेठ,कञ्चनपुर । नौ पालिका रहेको कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख एक सय ८४ मेट्रिकटन गहुँ उत्पादन भएको जनाएको छ । केन्द्रका सूचना अधिकृत हरिदत्त जोशीले यहाँ ३१ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हँदै आएको […]

मुख्‍य समाचार राजनीति

कार्यदलको बैठक फेरि बस्ने

११ जेठ , काठमाडौँ । सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन आज बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ । कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल तुलनात्मक रुपमा लचक रहेको भएपनि थप छलफल जरुरी रहेको निष्कर्ष निकालिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले […]

मुख्‍य समाचार समाचार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

११ जेठ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन्। यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) […]

मुख्‍य समाचार समाज

क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर

११ जेठ,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार शिविर आउोजना गरिएको हो । गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे र […]

मुख्‍य समाचार

नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि

११ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आलुखेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय पालिकाले आलुखेती प्रवर्द्धनअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थालेपछि आलुखेतीतर्फ किसान आकर्षित भएका छन् । जिल्लामा यस आर्थिक वर्षमा तीन हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास […]