५ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

आइसिसी टी–२० विश्वकप : अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

२० जेठ, अमेरिका ।ल आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

चितवनमा राष्ट्रियस्तरको कांग्रेसको प्रशिक्षण सकियो

२० जेठ, चितवन । नेपाली कांग्रेस चितवनले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेताहरूले तालिम दिएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्वसंयोजक विमलेन्द्र निधिले समावेशिता र समाजवादका बारेमा प्रशिक्षण दिएका थिए । पार्टी नेता गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, गत निर्वाचनको घोषणापत्र र आगामी दिनको अर्थनीतिका […]

खेलकुद मुख्‍य समाचार

आइसीसी टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

२० जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो । क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले […]

मनोरन्जन मुख्‍य समाचार

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

२० जेठ, काठमाडौँ । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो । यसैगरी रु २१ हजार राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतले पाएका छन् । अभिनेता शाहले सम्मानित भएपछि भने, “नेपाली […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीको सेती लोकमार्ग १० किलोमिटर कालोपत्र हुँदै

२० जेठ, कैलाली । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ ।सडक कालोपत्रका लागि रु ३१ करोड प्राप्त भएको […]

मुख्‍य समाचार राजनीति समाचार

संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफल गर्ने कार्यसूची

२० जेठ , काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ । दुवै सदनमा आज मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले जेठ […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

यार्सा सङ्कलनः मुगुमा ४ जनाको मृत्यु, एक सिकिस्त

२० जेठ, मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

२० जेठ , ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको हो । गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

२० जेठ, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “व्यवस्थित खेलमैदान […]

मुख्‍य समाचार समाचार समाज

सिक्किम आइपुग्यो यो वर्षको मनसुन

२० जेठ , काठमाडौं । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ । […]

खेलकुद गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

२० जेठ ,कास्की । कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि सहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको […]

खेलकुद मुख्‍य समाचार

स्पेनिश रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

२० जेठ , काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक एक गोल गरे । पहिलो हाफ गोलरहित […]