२४ श्रावण २०८३, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङमा दुई लाख १६ हजार पशुलाई लगाइयो खोप

७ साउन, बागलुङ । बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका दश स्थानीय तहका ८५ वटा वडामा पशु प्राविधिक खटाएर खोप लगाएको हो । पशु प्राविधिकले किसानका गोठमै पुगेर भैँसी, राँगा, गार्ई, गोरु, बाख्रा, बुङ्गुर, कुकुरलगायत पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाएका हुन् […]

मुख्‍य समाचार समाचार समाज

दुर्घटनामा तीनजना घाइते, एकको अवस्था गम्भीर

७ साउन, चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

राहदानी विभाग र फ्रान्स दूतावासको टोली पोर्चुगल आउँदै

७ साउन, पोर्चुगल । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ । राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि दरखास्त सङ्कलन गर्न विभाग र दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको हो । लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

७ साउन, बागलुङ । यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना […]

अर्थ मुख्‍य समाचार समाचार

पूर्वीनाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

७ साउन, झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु […]

मुख्‍य समाचार राजनीति

स्थानीय तहमा समस्याग्रस्त सहकारी छैनन् : सभापति थापा

७ साउन, काठमाडौं । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरुको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् सोमबार बसेको सरकारी छानविन विशेष समितिको बैठकपश्चात उनले स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी रेहकोमा समस्याग्रस्त सहकारी स्थानीय तहमा नरहेको बताए । उनले भने,‘देशभरको सहकारीको तस्वीर थाहा होस भनेर […]

मुख्‍य समाचार राजनीति

समयको माग अनुसार संविधान संशोधन हुन्छः मन्त्री सिंह

७ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने

७ साउन, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

काठमाडौं स्थित वौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा

७ साउन, काठमाडौं । काठमाडौंको वौद्ध पिपलबोट नबिल बैंकको नजिकै अन्नपूर्ण मल्टीस्पेसियलिटी डेन्टल सेन्टर सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमकाबीच सांसद ज्ञानेन्द्र शाहीले उक्त डेन्टल सेन्टरको उद्घाटन गरेका हुन् । युवा व्यवसायी तथा गायक सागर जोशीसहितको टिमले संचालनमा ल्याएको डेन्टल सेन्टरमा झण्डै २ करोड ५० लाख रुपैयाँ बरावरको लगानी भएको छ । सेवा सुरु […]

मुख्‍य समाचार राजनीति

बागमतीमा मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्री दाबी पेश रोकियो

७ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी ढिलाइ हुने भएको छ । कांग्रेस संसदीय दल नेता बहादुर सिंह लामाले आज १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी भए पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार […]

मुख्‍य समाचार राजनीति

सञ्चारमाध्यममा ३३ प्रतिशत महिलाको सहभागिता हुनु जरूरी छः मन्त्री भट्टराई

७ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त  रूपमा आज यहाँ आयोजित  ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताएकी […]

मुख्‍य समाचार समाचार समाज

कानमा खुसुक्क मनोकामना सुनाउदै …

७ साउन, काठमाडौँ । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहानैदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकासले जनाएको । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाइन लाग्ने व्यवस्था गरिएको छ ।