५ चैत्र २०८२, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

२१ जेठ, तुलसीपुर । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताएका […]

मुख्‍य समाचार राजनीति

संसद्का दुवै सदनमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने

काठमाडौं ।  संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, बैठकमा हिजोबाट प्रारम्भ […]

कर्णाली खेलकुद प्रदेस समाचार मुख्‍य समाचार

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

२१ जेठ , हुम्ला । नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतवार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए । नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए । विश्वकीर्तिमानी धावक […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२१ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ […]

मुख्‍य समाचार समाचार

यी चार प्रदेशमा आज हल्का देखि मध्यम वर्षा हुने

२१ जेठ , काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले  […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पर्वतमा आठ वर्षमा पनि बनेन शीत भण्डार

२० जेठ, पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष २०७३\७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो । बेमौसममा सुन्तला र आलुलगायत फलफूल तथा तरकारीलाई बजारमा पठाउने गरी रु पाँच करोड लागत अनुमान गरी कोल्डस्टोर निर्माणको […]

मुख्‍य समाचार राजनीति

उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

२० जेठ, काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताए । “ऋण लिएर उत्पादनशिल खर्च गर्न नसक्दा […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

२० जेठ, काठमाडौँ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । […]

मुख्‍य समाचार समाज

जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते

२० जेठ, चितवन । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उक्त जिप अनियन्त्रित भई […]

मुख्‍य समाचार समाचार

लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

२० जेठ, सोलुखुम्बु । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’स्थापना गरिएको छ । उनको जीवनकालका काम र उपलब्धि स्मरण गराउने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आज स्मृति ‘ग्यालरी’स्थापना गरिएको हो । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले निर्माण गरेको उक्त ‘ग्यालरी’को खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले लामाविधिबाट पूजापाठ गरी उद्घाटन […]

मुख्‍य समाचार राजनीति

स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन

२० जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’भन्ने प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

उत्तर कोरियाबाट फोहोर भरिएका ६०० बेलुन दक्षिणतर्फ पठाइयो

२० जेठ , कोरीया । उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन्। “उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो“,सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ(जेसिएफ) ले एक विज्ञप्तिमा बताएको […]