५ चैत्र २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

पाकिस्तानमाथि भारतको ६ रनको रोमाञ्चक जित, सुपर आठमा पुग्न पाकिस्तानलाई कठिन

२८ जेठ , काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ ।  आइतबार राती न्युयोर्कमा भएको खेलमा भारतले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित निकालेसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ । पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अब अन्य खेलका नतिजामा भर पर्नुपर्ने भएको छ […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

२८ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतमा तेश्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको […]

मुख्‍य समाचार राजनीति

४ संसदीय समितिको बैठक आज, यस्ता छन् कार्यसूची

२८ जेठ ,काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिस भाको चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा अन्र्तगतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी डाकिएको छ । सार्वजनिक लेखा समितिको बैठक भने बिहान साढे १० बजे बस्ने […]

मुख्‍य समाचार समाज

सहकारीको ७ करोड ४० लाख बचत रकम हिनामिना गर्ने सञ्चालक पक्राउ

२८ जेठ , काठमाडौं । काठमाडौंमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । […]

अर्थ मुख्‍य समाचार

डलर र रियाल स्थिर, युरो र पाउण्डको मूल्य घट्यो

२८ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज आइतबारको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ । यस्तै, युरो एकको खरिद दर […]

मुख्‍य समाचार समाचार समाज

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

२८ जेठ , काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । […]

मुख्‍य समाचार समाज

रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु, तीन घाइते

२८ जेठ , सुर्खेत । रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको रुकुम […]

खेलकुद मुख्‍य समाचार

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

२८ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा […]

मुख्‍य समाचार राजनीति

नरेन्द्र मोदीले लिए तेस्रो पटक प्रधानमन्त्रीको शपथ

२७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही

२७ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ । महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका क्रममा लापरबाही भएको पाइएको सो गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए । पुल प्रयोगमा नआउँदै संरचना बाङ्गिएको गुनासो आएपछि अनुगमन गरिएको र निर्माणकै क्रममा गम्भीर लापरबाही भएको […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

जोगबुढा विद्युत कार्यालयका कर्मचारी करेन्ट लागेर घाइते

२७ जेठ, काठमाडौँ । डडेलधुरामा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। घाइते हुनेमा डडेलधुराको परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन्। उनको धनगढी स्थित केजी अस्पतालमा […]

खेलकुद मुख्‍य समाचार

खेलकुद महासंघले माग्यो क्यानका अध्यक्षको राजीनामा 

२७ जेठ , काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान)मा आर्थिक अपचलन मौलाएको र क्रिकेटर सन्दीप लामिछानेमाथि भएका राजनीतिको कारण अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको भन्दै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले सन् २०१४ मा क्यानको अराजकताका कारण नेपाल आईसीसीको निलम्बनमा परेको स्मरण गर्दै अहिले पनि नेपाली […]