६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

३१ जेठ, दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि […]

मुख्‍य समाचार समाचार समाज

‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’

३१ जेठ, काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत समुदायका लूबाट बच्ने उपाय र सार्वजनिक स्थानमा खानेपानी वितरण गरिरहेको छ । गर्मी याममा असामान्य रूपमा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

गङ्गादशहरा मेलाको तयारी तीव्र

३१ जेठ, कैलाली । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने धार्मिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । असार १ देखि ५ गतेसम्म लाग्ने धार्मिक मेलाको तयारीका लागि मन्दिर व्यवस्थापन समिति, उपमहानगरपालिका र विभिन्न क्लबहरु जुटेका छन् । गङ्गादशहरा पर्वमा लाग्ने मेलाको तयारीका लागि उपमहनगरपालिकाद्वारा बाटो फराकिलो […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

३१ जेठ, गण्डकी । गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१ – ८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त छलफलमा भाग लिँदै गण्डकी […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

खरखरे भिरमा पहिरो रोकथानको पहल गरिँदै

३१ जेठ, लमजुङ । सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीसहर चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्न थालिएको हो । हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । उक्त खण्डमा […]

खेलकुद प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

टी–१० क्रिकेटमा निङ्लाशैनी ग्वाल्लेक विजयी

३१ जेठ, बैतडी । बैतडीमा आजदेखि टी–१० भेट्रान डिसिएल खुला क्रिकेट प्रतियोगिता सुरू भएको छ । आज भएको पहिलो खेलमा आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी विजयी भएको छ । उसले निङ्लाशैनी वारियरलाई आठ विकेटले पराजित गरेको हो । निङ्लाशैनीले दिएको एक सय ४१ रनको लक्ष्य एकेडेमीले १९ दशमलव तीन ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द

३१ जेठ, भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी  आजदेखि बन्द भएको छ  । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा […]

मुख्‍य समाचार राजनीति

नयाँदिल्लीमा प्रधानमन्त्री र राजदूत पानीपानी

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँदिल्लीको उच्चकोटीको वातानुकूलित होटलमा पनि चिटचिट पसिना छुट्यो । परिवेशको तापक्रम त नियन्त्रण मै थियो तर आन्तरिक गर्मीले भने उनलाई सताएको थियो, जसलाई नियन्त्रण गर्न प्रधानमन्त्री दाहाललाई धौधौ परेको लाग्यो । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई दिन उनको शपथ ग्रहण समारोहका अतिथि थिए दाहाल र पुगेका थिए […]

मुख्‍य समाचार समाचार समाज

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

३१ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक […]

मुख्‍य समाचार समाचार समाज

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

३१ जेठ, मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरामा भेटेरिनरी अस्पताल सञ्चालन

३१ जेठ, कास्की । पोखरामा पशुपक्षीको उपचारका लागि मोडेल (नमूना) भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–१२ मा नवनिर्मित अस्पतालको सुविधासम्पन्न भवनबाट बुधबारदेखि सेवा दिन सुरु गरिएको हो । गण्डकी प्रदेश सरकारको लगानीमा कास्की तथा यस आसपासका जिल्लाबाट पशु उपचार तथा किसानलाई सहज भेटेरिनरी सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण गरिएको थियो । […]

मुख्‍य समाचार समाचार समाज

आगलागीपीडितलाई राहत उपलब्ध गराउन माग

३१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेसका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराए । बैठकको सुरुमा उनले आगजनी प्रभावितलाई राहत उपलब्ध गराउन गर्न ढिलाइ नगर्न आग्रह गरे । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई […]