६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष डा राउत

३२ जेठ, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन् । गणतन्त्र दिवस–२०८१ को अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपश्चात् अध्यक्ष डा राउतले गणतन्त्रपछिको उपलब्धिलाई राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गरे। “गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई […]

फोटो फिचर मुख्‍य समाचार

पानी देउ सरकार भन्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू )

३२ जेठ, काठमाडौं । तराई-मधेशमा पानी माग्दै बानेश्वरको बीच सडकमा रित्ता भाँडासहित मधेशवासीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् । चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । बानेश्वर चोक नजिकै प्रहरीले उनीहरूलाई रोकेको छ । हेर्नुहोस तस्वीरहरु

मुख्‍य समाचार समाचार

उद्घाटन भयो मुलुकको तेस्रो ठूलो हेटौँडा सबस्टेसन

३२ जेठ, काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माण सम्पन्न भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मुलुकको तेस्रो ठूलो ४००/२२०/१३२/११ केभी क्षमताको हेटौँडा सबस्टेसन उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले नेपालभित्र खपत गरी […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुगुमा बेमौसमी सिमी उत्पादन भएपछि तरकारीको समस्या हट्यो

३२ जेठ, मुगु । सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्नुहुन्छ “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ […]

मुख्‍य समाचार समाचार समाज

फिस्लिङ दुर्घटना अपडेट : उपचारका क्रममा चालकको मृत्यु

३२ जेठ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख […]

मुख्‍य समाचार समाचार

ताप्लेजुङ पहिरो अपडेटः मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो । पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा, १० वर्षीया जुम्लिया गङ्गा र जमुनाको मृत्यु भएको […]

मुख्‍य समाचार

‘मिडिया काउन्सिल विधेयकमार्फत प्रेस जगतलाई बाँध्न मिल्दैन’

३२ जेठ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार ‘मिडिया काउन्सिल विधेयक २०८०’ माथि विज्ञहरूसहित छलफल भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा सांसदहरुले मिडिया काउन्सिललाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने र सरकारको विभागका रुपमा नभई स्वतन्त्र निकायका रुपमा ल्याउनुपर्नेमा जोड दिएका छन् । छलफलमा सहभागी हुँदै सांसद कृष्णप्रसाद सिटौलाले इतिहासको विभिन्न कालखण्डमा प्रेस […]

मनोरन्जन

ऋतिकसँगको प्रेमले बेरोजगार सबा आजाद

३२ जेठ, मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन् । उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन । उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन् । सबा पेशाले भ्वाइस ओभरको काम गर्छिन् । उनले हालैमात्र इन्स्टाग्राममा एक रेकर्डिङ स्टुडियोमा रहेको आफ्नो तस्वीर साझा गर्दै ऋतिकसँग दुई वर्ष […]

अन्तर्राष्ट्रिय

नीतिगत सुधार गरे नेपाल विश्वमै ‘प्राविधिक हब’ बन्नसक्ने

३२ जेठ, लन्डन । नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरुले सहयोग गरेमा नेपाल विश्वमै एक ‘प्राविधिक हब’को रुपमा उदाउन सक्ने बताएका छन्। ‘लन्डन टेक विक २०२४’ मा भाग लिन बेलायत आएका नेपाली नेपाली सूचना प्रविधि उद्यमीहरुको सम्मानमा नेपाली दूतावासद्वारा आयोजित एक समारोहमा बोल्दै नेपाल एसोसियसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास […]

गण्डकी

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट : कास्कीको विजयी सुरुआत

३२ जेठ, पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलुङलाई ३७ रनले पराजित गरी विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १६२ रन बनायो । कास्कीका मुस्कान थापाले चार चौका र […]

मुख्‍य समाचार

दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ ः प्रधानमन्त्री

३२ जेठ,  हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित […]

खेलकुद

खेलकुदलाई तीन अर्ब ५० करोड बजेट, अधिकांश राखेप केन्द्रीत

३२ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई ८५.९० प्रतिशत विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ मा बजेट पेस गरेपछि मन्त्रालयले गरेको विनियोजनमा अघिल्ला बर्षहरुमा जस्तै यसपटक पनि अधिकांश बजेट राखेपमा केन्द्रीत गरेको हो । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड ४७ लाख […]