६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सहकारी छानविन गर्न बनेको समिति सुस्त गतिमा

२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जोडबलमा सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानविन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ । समितिको कार्यविधि बनाउने विषयमा छलफल गर्न आइतबार(आज)मात्र बैठक बोलाइएको छ । बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

२ असार, म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुग¬ङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए । तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कर्णाली सरकारको पुँजीगत खर्च २९ प्रतिशत मात्र

२ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले चालुतर्फ ४९ दशमलव ३८ र पुँजीगततर्फ २९ दशमलव ८७ प्रतिशत गरी समग्रमा ३७ दशमलव […]

मुख्‍य समाचार राजनीति

केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने

२ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ । तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि केन्द्रीय […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

२ असार, बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् । विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ । बसाइँसराइले उजाड बन्दै […]

खेलकुद मुख्‍य समाचार समाचार

अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो इंग्ल्याण्ड सुपर ८ मा प्रवेश

२ असार, काठमाडौं । आइसीसी टी–२० विश्वकपको समूह चरणमा स्कटल्याण्डलाई अष्ट्रेलियाले पराजित गरेसँगै डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा प्रवेश गरेको छ । नामेवियाविरुद्ध जित निकाल्दै सुपर एट पुग्नका लागि इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको नतिजा कुरेको थियो । इंग्ल्याण्डलाई सुपर एटमका स्थान पक्का गर्नका लागि अष्ट्रेलिया विजयी हुनु पर्ने थियो । नतिजा पनि यही अनुसार आएको […]

अर्थ मुख्‍य समाचार

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

२ असार, काँक्रेविहार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ रु १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ रु सात अर्ब ५७ करोड ५५ लाख वित्तीय व्यवस्थापनतर्फ रु २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा […]

मुख्‍य समाचार समाचार समाज

चितवनमा सुनचाँदी पसलमा लुटपाट गर्ने ४ जना पक्राउ

२ असार, चितवन । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर […]

मुख्‍य समाचार समाचार

बालकुमारी कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ असार, भरतपुर । बालकुमारी कलेज नारायणगढको आयोजनामा शनिबार भरतपुरमा विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा व्यवस्थापन संकाय अन्तरगत एमविएस इन फाइनान्सियल म्यानेजमेण्ट प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको हो । कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्मा प्रमुख अतिथी […]

मुख्‍य समाचार समाचार समाज

घरबहाल मञ्चद्दारा देवघाट समाज कल्याण केन्द्रमा भोजन

२ असार, भरतपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको दुई वर्षे कार्ययोजना अन्तर्गत मञ्चको १३ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रममा भोजन गराईएको छ । साप्ताहिक रुपमा मनाईएको स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत देवघाट क्षेत्र बिकास समिति द्वारा संचालित देबघाट समाज कल्याण केन्द्र देबघाट ५ तनहुँ स्थित बृद्वाश्रममा भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको हो […]

मुख्‍य समाचार राजनीति समाचार

शहिदहरूले देखाएको बाटोमा सरकार प्रयत्नशील : प्रधानमन्त्री दाहाल

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शहिदहरूले देखाएको बाटोमा हिड्न प्रयत्नशील रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी शहिदहरूप्रति सम्मान व्यक्त गरे । शहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत […]

मुख्‍य समाचार समाचार समाज

क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द

२ जेठ, काठमाडौं ।  बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन् । शुक्रबार साँझ बाराको रामराजा मोहनविक्रम साह बहुमखुी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको […]