७ कार्तिक २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

३ भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् । […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेताद्वारा पार्टी त्यागेको घोषणा

३ भदौ, काठमाडौँ । नेतृत्वको चरित्र र कार्यशैली गलत भएको भन्दै दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेता-कार्यकर्ताले पार्टी त्यागको घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेका हुन् । उनीहरूले गत शनिबार […]

मुख्‍य समाचार समाचार समाज

इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

३ भदौ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउन सक्ने जोखिम औँल्याउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउन सक्ने भन्दै सचेत गराएको हो । “पाँचपोखरी गाउँपालिका-७ र ८ मेलम्ची नगरपालिका–७, […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी विपद् : पछिल्लो २४ घण्टामा ८ जनाले गुमाए ज्यान, मृतकको संख्या १९० पुग्यो

३ भदौ, काठमाडौँ । भारी वर्षाका कारण आएको बाढी, पहिरो चुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपाल प्रिमियर लिग मंसिर १५ देखि हुने

३ भदौ, काठमाडौँ । टी-२० प्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुसम्म चल्नेछ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य […]

खेलकुद मुख्‍य समाचार समाचार

बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडरमा सन्दीप लामिछाने नियुक्त

३ भदौ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । सन्दीपको साइनिङ प्राइजबारे प्रश्न गर्दा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले […]

मुख्‍य समाचार समाचार

एक जना मृत अवस्थामा फेला

३ भदौ, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ का ४६ वर्षीय सूर्यबहादुर शाही आफ्नै घरमा आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, ८ जना घाइते

३ भदौ, धनगढी । कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरीको […]

कर्णाली मुख्‍य समाचार समाचार

जाजरकोट पहिरो : तीनजनाको मृत्यु

३ भदौ, काँक्रेविहार  । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् । उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । इलाका प्रहरी […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

नायिका अरुणिमा लम्सालले गरिन् दोस्रो बिहे

३ भदौ, काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले दोश्रो बिहे गरेकी छन् । उनले सोमबार धरान,चतराका युवराज श्रेष्ठसँग विवह गरेकी हुन् । युवराज नेपाली कांग्रेसका नेता हुन् । अरुणिमा र युवराजले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेका छन् । सोमबार उनीहरुले आज काठमाडौँको बत्तिसपुतलीस्थित मन्दिरमा विवाह गरेका हुन् । उनीहरु ६ […]

मुख्‍य समाचार समाचार समाज

पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

३ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन् । उनले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन् । बझाङको बुङ्गल […]

खेलकुद मुख्‍य समाचार समाज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

३ भदौ, काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको […]