७ चैत्र २०८२, शनिबार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा : लुम्बिनी सरकारबाट बाहिरियो एमाले

२१ असार, काठमाडौं । केन्द्रमा संसदका दुई ठुला दल नेपाली कांगैस र नेकपा एमालले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै केन्द्रीय राजनीतिको बाछिटा प्रदेश सरकारमा पर्न गएको छ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका पाँच जना मन्त्रीले बिहीबार संयुक्त राजीनामा बुझाएका छन् । एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई […]

खेलकुद मुख्‍य समाचार समाचार

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

२१ असार, काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अवधारणा अनुरुप अन्य मुलकुमा झै नेपालमा पनि खेलकुद विज्ञानमा आधारित रहेर ग्रासरुटदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालमै पहिलोपटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको […]

अर्थ मुख्‍य समाचार

घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारक लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको खरिद र बिक्रीदरले १७० रुपैयाँ पार गरेको छ । आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको हो । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० […]

मुख्‍य समाचार समाचार समाज

देशभर मौसम बदली : विभिन्न स्थानमा चट्याङसहित वर्षा

२१ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित […]

मुख्‍य समाचार समाचार समाज

‘शासकीय प्रणालीमा तथ्याङ्कको ठूलो महत्व छ’

२० असार , काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना २०७८ प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ । बिहीबार कार्यालयमा कार्यक्रमको आयोजना गरी जनगणना २०७८ प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले जनगणनाको इतिहासमा भएका असल अभ्यासहरुलाई पछ्याउँदै जाने र कमी कमजोरीहरु सुधार्दैं जाने मौका पुस्तकबाट प्राप्त गर्न सकिने बताए […]

प्रदेस समाचार सुदूरपश्चिम

बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य

२० असार, बैतडी । यहाँका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा ल्याएका छन् । एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो । परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक […]

मुख्‍य समाचार राजनीति

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

२० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारीे प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । संसद्का […]

मुख्‍य समाचार समाचार समाज

‘भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित’

२० असार, काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित रहेको बताएका हुन्र । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोज हुनु आवश्यक रहेको बताए । “स्रोतको न्यायोचित वितरण केबल जनसङ्ख्याको आधारमा मात्रै गर्ने परम्पराबाट माथि उठेर भूगोल र भौगोलिक विकटतालाईसमेत मध्यनजर गरी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीलाई राजीनामा दिएका आठ मन्त्रीको कार्यभार

२० असार , काठमाडौं । एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आठवटा मन्त्रालयको भार थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरुले सम्हालेका मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री दाहालले स्वयंले सम्हाल्ने गरी तोकेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विहीबार एक […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

२० असार, काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख बजेट

२० असार, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताएका छन्र । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन

२० असार, मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिए । […]