७ कार्तिक २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारको अनुमति प्राप्त संस्थाहरुले सदाचार नीति अनिवार्य लागू गर्नुपर्छः गौतम

५ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य बामदेव गौतमले सरकारको अनुमतिले सञ्चालन भएका सबै संस्थाहरुले सदाचार नीति लागू नगरेमा कारबाहीको व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार समितिमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको “सुशासन“ र यस्को प्रवर्द्धन गर्न “राष्ट्रिय सदाचार नीति“ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग भएको […]

मुख्‍य समाचार समाचार समाज

संगीत उद्योग संघमा मानव बेचबिखन ब्यूरोले किन हान्यो छापा ?

५ भदौ, काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार संगीत उद्योग संघको अनामनगरस्थित कार्यालयमा छापा हान्यो । ब्यूरोको टोलीले छापा हानेर लेटर प्याड, हार्ड डिस्क, सीपीयू, माइन्युट बुक बरामद गरेको छ । छापा हान्नु तीन दिनअघि ब्यूरोको टोलीले संघीय उद्योग संघका अध्यक्ष सूर्यबहादुर राना मगरलाई बोलाएर सोधपुछ समेत गरेको थियो । त्यसको तीन […]

अर्थ मुख्‍य समाचार समाचार

नेप्से २.११ अंकले बढ्यो, कारोबार रकममा गिरावट

५ भदौ, काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछि बिहीबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो । गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले दियो अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजा आक्रमणका क्रममा १७० पत्रकारको मृत्यु

५ भदौ, गाजा । गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ । गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको उल्लेख छ । विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको […]

मुख्‍य समाचार समाचार समाज

अस्पतालबाट थुनुवा फरार

५ भदौ, झापा । इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता

५ भदौ, रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ । रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मो युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन समस्या

५ भदौ, सुर्खेत । हुम्लामा बुधबार भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या भएको छ । बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । सामान्य घाइतेको हुम्लाकै दार्मा स्वास्थ्य चौकीमा सामान्य […]

मुख्‍य समाचार समाचार समाज

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु

५ भदौ, भरतपुर(चितवन) । भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पतालका सूचना अधिकारी गोपाल […]

मुख्‍य समाचार

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

५ भदौ, रसुवा । गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तौवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो । गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो […]

मुख्‍य समाचार समाचार समाज

रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै

५ भदौं, फुङ्लिङ(ताप्लेजुङ) । संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै रु दुई करोड खर्चने योजना बनाएको छ । रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपाण्डा नेटवर्कको सहयोगमा ४१ कार्यक्रम सञ्चालन गर्ने […]

मुख्‍य समाचार समाचार समाज

लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु

५ भदौ, गण्डकी । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०- ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक […]