२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

कोरिया जाने श्रमिकमाथि चर्को भाडाको सिन्डिकेट

२ भदौ, काठमाडौं । रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि हवाई कम्पनी छनोट प्रक्रिया अवरुद्ध भएको छ । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले २७ असारमा टेन्डर आह्वान गरेको थियो । तर कोरियन एयरको नेपाली एजेन्टले हालेको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दियो, यसले कोरिया जाने श्रमिकहरु सामान्यभन्दा दोब्बर भाडा तिरेर कोरिया जानुपर्ने बाध्यता […]

खेलकुद मुख्‍य समाचार

साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी सुरूवात

२ भदाै, काठमाडौं । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई […]

मुख्‍य समाचार राजनीति समाचार

यातायातमन्त्री दाहालले सार्वजनिक गरे एक महिनाको उपलब्धि

२ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पद बहालीको एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयाजना गरी एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका हुन् । उनले मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको जानकारी […]

अर्थ मुख्‍य समाचार समाचार

१४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको रेमिट्यान्स भित्रियो

२ भदौ, काठमाडौं । एक बर्षमा नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण(रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार  गत आर्थिक वर्ष २०८०।८१ मा उक्त रकम भित्रिएको हो । विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि पनि भएको छ । गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीसँग भेट्ने समय नपाउँदा राष्ट्रियसभालाई गुहार्न बाध्य भए : वामदेव गौतम

२ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी ओलीसँग भेटेर समस्या राख्न खोज्दा समय नपाएको गुनासो गरेका छन् । आइतबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले देशमा घटिरहेको घटनाका बारेमा प्रधानमन्त्रीसँग भेट्न खोजेपनि समय नपाएको कारण राष्ट्रियसभालाई गुहार्न बाध्य भएको बताए । उनले भने, ‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ यू-२० च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता

२ भदौ, काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए पनि एक गोल मात्र गरेको हो ।निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

२ भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको हो । अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले […]

मुख्‍य समाचार समाचार समाज

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

२ भदौ, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । गत साउन २७ गते […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउन लागि परेको छौं’

२ भदौ, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि मन्त्रालय लागि परेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको बैठकमा उनले सबैको चासोको रुपमा वातावरण विभाग रहेको भन्दै यसमा सरकार गम्भीर भएर लागेको बताए । वातावरण मन्त्रालय नै अर्को बनाउने कुरा […]

मुख्‍य समाचार समाचार समाज

‘माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ’

२ भदौ, काठमाडौँ । सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भने, “नेपालको पर्यटकीय क्षेत्रका रुपमा हामीले चिनिरहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा दुईवटा हिमताल फुटेर तहसनहस भएको […]

मुख्‍य समाचार समाज

शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक

२ भदौ, महोत्तरी । सडक मानव र आश्रयविहीनको व्यवस्थापनका लागि निर्माण थालिएको ‘हाम्रो मायाघर’को सहयोगार्थ बर्दिबासमा आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । महायज्ञ सम्पन्न भएको चार दिनभित्रै शनिबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै शिवपुराण महायज्ञ आयोजक समितिले आयव्यय सार्वजनिक गरेको हो । गत साउन २१ देखि २९ गतेसम्म सञ्चालित महायज्ञमा दाताहरुबाट रु दुई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर सडक

२ भदौ, नवलपुर । ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताए । “यो करिडोरले पहाडी क्षेत्रका बासिन्दाको यात्रालाई सहज भएको थियो […]