८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका छन् । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि […]

बागमती मुख्‍य समाचार समाचार

आप्रवासी श्रमिकको योगदानको सम्मान र अधिकार सुनिश्चित गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले विश्वभर कार्यरत आप्रवासी श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । बिहीबार डिसेम्बर १८ का दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा महासंघले विश्वभर छरिएर रहेका लाखौँ आप्रवासी श्रमिकप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका

काठमाडौं । स्वतन्त्र, निष्पक्ष र सचेत मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले सामाजिक अध्ययन शिक्षकलाई लक्षित गर्दै नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। नागरिकमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजे मतदान सकिएको थियो । मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ । महाधिवेशनमा कुल […]

बागमती मुख्‍य समाचार समाचार

श्रम, सुरक्षा र सम्मानः नेपाली आप्रवासी श्रमिकको विश्वव्यापी यथार्थ

नेपाली माइग्रेन्ट श्रमिकका अधिकार, सुरक्षा र सम्मानजनक रोजगारीका लागि आवाज उठाउने प्रमुख श्रम आप्रवासन विशेषज्ञ तथा अनुसन्धान, नीति सल्लाह र सार्वजनिक बहसमार्फत योगदान दिँदै आएका अनुसन्धानकर्ता/श्रम आप्रवासन विज्ञ डा. जीवन बानियाँसँग  कुराकानी गरेको छ । बिश्वव्यापी रुपमा आप्रवासीहरुले के कस्ता समस्या तथा चुनौतीहरूको सामना गरेको देख्नु भएको छ ? कतिपय अवस्थामा चाहिँ हामीले देखेका छौं, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् । बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो । अध्यक्ष […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको केही समयमै मतगणना सुरु हुने भएको छ । मतदान सकिएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भइसकेको एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार चिप्स संकलनको काम सकिएसँगै निर्वाचन समितिको बैठक बसेपछि मतगणना सुरु हुनेछ। महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत […]

बागमती मुख्‍य समाचार समाचार

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर, ३ पुसस् बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको, लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोपसमेत लगाएका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ, ३ पुसस् निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज सुदूरपश्चिम

मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

राजापुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् । बर्दियाका राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका—५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन् । शहरी विकास मन्त्रालय मातहत […]

कोशी मुख्‍य समाचार समाचार समाज

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

पाँचथर, २ पुसः फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ । किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र वनस्पतिहरु, सुप्तुलुङ चुलालगायत संरचना भएको यो स्थान पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा उद्यान निर्माण गरिएको हो । नेपाल एकीकरणअघि […]

गण्डकी मुख्‍य समाचार समाचार

भानु साहित्य उद्यानको काम अगाडि बढ्यो

दमौली तनहुँ, २ पुसः आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माणको काम अगाडि बढेको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माणको काम सुरु भएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा सहरी विकास मन्त्रालयबाट विनियोजित रु २० करोडमध्ये पहिलो चरणको ठेक्का प्रक्रियाका लागि सहरी विकास मन्त्रालयका महानिर्देशकसहितको प्राविधिक टोलीले यहाँको स्थलगत […]