८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाज

विपद्को घडीमा विश्वासको मत लिनु विडम्बनापूर्ण लाग्छ

२८ असार , काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले भने, ‘मनसुनबाट सृजित प्राकृतिक विपद्हरुको सामना गर्ने तयारी गर्नुपर्ने […]

मुख्‍य समाचार राजनीति समाज

कांग्रेस–एमाले समझदारीमा प्रतिगमन र निरंकुशता लुकेको छ : प्रचण्ड

२८ असार , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने दाबी गरेका छन् । प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेसको सत्ता सहकार्यको समझदारीमा प्रतिगमन र निरंकुशताको झल्को देखिने गरेको चिन्ता व्यक्त गरे । […]

मुख्‍य समाचार समाज

बस पहिरोमा परेपछि पर्सामा रहेका आफन्त चिन्तित

२८ असार , वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् । बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए । स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा […]

मुख्‍य समाचार राजनीति समाज

नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

२८ असार , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले राससलाई जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ […]

मुख्‍य समाचार समाज

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

२८ असार , तनहुँ । पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले राससलाई जानकारी दिए । “ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी […]

मुख्‍य समाचार समाज

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्नः नदीमा खसेको बस र यात्रुहरूको अवस्था के छ ?

२८ असार , काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट र पर्सा जिल्ला शोकमा डुबेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश नै  स्तब्ध भएको बताएका हुन् । उनले भने,‘काठमाडौंबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं हिँडेको बस नारायनगढ मुग्लिन सडक खण्डको सिमलटार नजिक बेपत्ता छ । त्यसले देशलाई स्तब्ध […]

मुख्‍य समाचार समाज

प्राकृतिक विपद्का घट्नाप्रति सरकार गम्भीर छैन् : सिंह

२८ असार , काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्राकृतिक विपद्बाट घट्ने घटनाहरुमा सरकार गम्भीर नभएको बताएका छन्  । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले हरेक वर्ष आउने बाढी र पहिरोमा परि करोडौं मूल्यको जनधन र मानवीय क्षति हुनेको गरेको उल्लेख गर्दै सरकारले कुनै तदारुकता नदेखाएको बताए । उनले भने, ‘हाम्रो सरकार र हामी मानवीय […]

खेलकुद मुख्‍य समाचार समाज

बागमती प्रदेश खेलकुद परिषद् : अध्यक्ष नियुक्तिमा मन्त्री बेखबर

२८ असार , हेटौंडा । बागमती प्रदेशका खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको पदावधी समाप्त भएको छ । यही असार २३ गते सोमबारबाट भण्डारीको पाँच वर्षे कार्यकाल सकिएको हो । २०७६ मा तत्कालिन डोरमणि पौडेल नेतृत्वको नेकपाको सरकारका पालामा नियुक्त भएका उनको कार्यकाल पुरा भएको हो । कार्यकाल सकिएसंगै गत मंगलबारबाट सदस्य सचिव भण्डारीको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२८ असार , काठमाडाँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेएका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् । बेपत्ता यात्रुहरूको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

२८ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘विश्वासको मत दिने र ह्वीप पनि जारी गर्ने […]

मुख्‍य समाचार राजनीति समाज

नापी कार्यालय लगनखेलका सर्वेक्षक यादव घुससहित पक्राउ

२८ असार , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्वेक्षक संजिव कुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई नियन्त्रणमा लिएको हो । जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिइसकेको […]

मुख्‍य समाचार समाज

हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

२८ असार , हेटौंडा । लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दुरीको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएका कारण हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पूर्णरुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको हो । […]