१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

ललितपुर जिल्ला अदालतमा खाजा समयमा समेत सेवा प्रवाह सुरू

ललितपुर । ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ । अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार, आइतबारदेखि बिहीबारसम्म खाजा समय १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबारका दिन १ बजेदेखि २ बजेसम्म तोकिएको भए तापनि, यस अवधिमा पनि अदालतको सेवा […]

बागमती मुख्‍य समाचार समाचार

प्रहरीले मनायो ‘अप्रिल फूल’ डे

काठमाडौं । नेपाल प्रहरीले ‘अप्रिल फूल’ डे मनाएको छ । सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ । उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को पाना खुल्छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानका लागि हो। आज हामीले मजाक गरेका थियौं। […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन् । बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन् । अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, चुनौती तथा आवश्यकताबारे जानकारी लिएका थिए । गृहमन्त्री बनेसँगै गुरुङ प्रहरी भवनहरुको निरीक्षण गरीरहेका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार

१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा

काठमाडौं । नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको देखिएको छ । निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पश्चिम एशियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या हुँदा र निरन्तर मूल्य वृद्धि भएपछि यस्तो अवस्था आएको हो । जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा […]

बागमती मुख्‍य समाचार समाचार

‘अन्तरराष्ट्रिय सम्मेलनका लागि प्रदेश, स्थानीय सरकारसँग छलफल’

काँक्रेविहार सुर्खेत, १८ चैत : मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी वैशाख ११ देखि १३ गतेसम्म आयोजना हुन लागेको अन्तरराष्ट्रिय सम्मेलन २०२६ लाई सफल बनाउन प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यका लागि छलफल गरिएको छ । अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक एवं अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञवालीको नेतृत्वमा गएको विश्वविद्यालय टोलीले कर्णाली प्रदेश सरकारका प्रवक्ता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर, १८ चैतः यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा आर्थिक ठगी हुन थालेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो । कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा बनाइदिने, नवीकरण गरिदिने, निरोगिता प्रमाणपत्र बनाइदिने लगायत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत

काठमाडौं । भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच पश्चिम एशियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हुने हर्मुज नाका बन्द भएपछि त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ । दिल्लीमा १९ केजी तौल क्षमताका व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् । चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, १८ चैतः स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु सात हजार ४०० र चाँदी रु १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको […]

बागमती मुख्‍य समाचार समाचार

प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्र्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) पक्राउ परेका हुन् । भदौ २३ र २४ […]

बागमती मुख्‍य समाचार समाचार

आज विश्व मूर्ख दिवस मनाइँदै

काठमाडौं । आज विश्व मूर्ख दिवस मनाइँदै छ । आज अप्रिल १ तारिख अर्थात ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउने गर्दछन् । ‘विश्व मूर्ख दिवस’ प्रत्येक वर्ष १ अप्रिल (चैत्र १९) मा मनाइने गरिन्छ । पहिले यो दिवस फ्रान्स […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै गौर वितरण केन्द्र, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोर

रौतहट । नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो। गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको […]