१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् । उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तत्कालीन सरकारको घमण्डले नै देश अशान्तिको ज्वालामा होमिएको हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरेकोले निष्पक्ष छानबिन भएर कारबाही गर्न आग्रह गरे । उनले भने, ‘जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् । उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गरे । उनले भने, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

हेटौंडामा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम आयोजना हुने

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ आयोजना हुने भएको छ । ‘लिटल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जनका अनुयायीहरुको अगुवाइमा उक्त कार्यक्रम हुन लागेको हो । बोधी श्रवण धर्म संघ–नेपालको आयोजनामा उक्त कार्यक्रम चैत २६ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए । यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको हो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रूसका परराष्ट्रमन्त्रीद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

काठमाडौँ, १९ चैतः रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन्। यहाँस्थित रुसी राजदूतावासका अनुुसार परराष्ट्रमन्त्री खनाललाई उनका रूसी समकक्षी लाभरोभले बुधबार एक शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् । दुई देशबीचको दीर्घकालीन सम्बन्धको चर्चा गर्दै उहाँले रूस र नेपालबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको सन्देशमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ, १९ चैतः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको छ […]