१२ आश्विन २०८३, सोमबार
कर्णाली मुख्‍य समाचार समाज

कालोपत्रेले फेरियो हुल्म–मान्म सडक

सुर्खेत । कालोपत्रे गरिएसँगै हुल्म¬–मान्म सडक खण्डको स्वरुप बदलिएको छ । कर्णाली राजमार्गका अन्तर्गत पर्ने हुल्म–मान्म सडक खण्ड कालोपत्रे गरिएको छ । हुल्मदेखि मान्मसम्म १० किलोमिटरको उक्त खण्डको दुई खण्डको ६ किलोमिटरमा कालोपत्रे र बाँकी ठाउँमा मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार हुल्मदेखि कालिकोट जिल्ला अस्पताल र अस्पतालदेखि जिरोप्वाइन्टसम्म तीन खण्डमा ठेक्का […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरुसँग छलफल

काठमाडौँ, १७ चैतः प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । उनले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएका डोटीका सांसद भरत खड्काले राससलाई जानकारी दिए । प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गरेका हुन्, […]

कर्णाली मुख्‍य समाचार समाचार

इनिशा प्रकरणमा दुबै पक्ष प्रदर्शनमा

सुर्खेत । इनिशा विक हत्यामा आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान उद्योगमा अदालतमा अभियोग दर्ता भएपछि इनिशा प्रकरणमा दुई पक्षबाट प्रदर्शन हुन थालेका छन् । २५ दिनदेखि इनिशाका आफन्त र अधिकारर्कीहरुले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् । आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसंगै पक्राउ परेका किशोरहरुका आफन्तहरु […]

बागमती मुख्‍य समाचार समाचार

मकवानपुर कोरिया मञ्चद्वारा मानवसेवा आश्रमलाई ६२ हजार सहयोग

मकवानपुर। हेटौँडास्थित मानवसेवा आश्रममा आश्रित करिब २ सय ५० जना आमाबुबा तथा बालबालिकाका लागि मकवानपुर कोरिया मञ्चले ६२ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। दक्षिण कोरियामा सक्रिय मञ्चले स्वदेशका असहाय नागरिकप्रति देखाएको यो सहयोगलाई सामाजिक रूपमा सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिइएको छ। मञ्चको यस पहलले प्रवासमा रहेका नेपालीहरू पनि आफ्नै समाजप्रति उत्तरदायी छन् […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनको अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन् : शोभा पाठक

काठमाडौं । शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् । सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन् । उनले कठालो समातेर माइती […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बाजुरामा एसइईको सम्पूर्ण तयारी पूरा : दुई हजार बढि परीक्षार्थी सहभागी हुँदै

बाजुरा । चैत १९ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को लागि बाजुरा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले परीक्षाको लागि आवश्यक तयारी पूरा भएको जनाएको छ । यस वर्ष जिल्लाभरबाट नियमित तर्फका २ हजार १ सय २६ र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ । मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ । साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ । बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डामा छलफल भइरहेको छ । बैठकमा लागि २१ फागुनमा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको ट्यांकर अल सल्मीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । दुबई मिडिया अफिसले मंगलबार उक्त जानकारी दिँदै घटनामा मानवीय क्षति नभएको पुष्टि गरेको छ । करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको उक्त ट्यांकर कुवेत र साउदी अरेबियाबाट चीनको छिङदाओतर्फ जाँदै गर्दा दुबईको जलक्षेत्रमा क्षतिग्रस्त भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पु¥याएर समाधान खोजिने बताएका हुन् । उनले […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदीको मूल्य […]