१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्। घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए । उनले घाइतेहरूको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बादलको अभिव्यक्तिप्रति पाण्डेको आपत्तिः दोष खोज्नु भन्दा सरकारको अकर्मण्यता स्वीकार्नुपर्छ

काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत संसदमा बादलले दिएको अभिव्यक्तिप्रति आलोचना गरेका हुन् । उनले लेखेका छन्, ‘हिजो संसदमा लामा कथाहरू सुनिए, जसमा दोष सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै अरूलाई दिइएको थियो। […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड

हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेपछि नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको भाउ उकालो लाग्दै गएपछि निगमले मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । निगमका अनुसार निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले हिजो साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् । उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै […]

मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम स्वास्थ्य

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

महेन्द्रनगर, २० चैतः सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् । सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएका थिए । शिविरमा आँखा, स्त्रीरोग, दन्तरोगलगायत विभिन्न रोगको परीक्षण गरिएको थियो । आँखासम्बन्धी समस्याका २९४ महिला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ, २० चैतःहाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ । मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ। पत्रमा भनिएको छ, ‘देशमा […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि

सुर्खेत । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि भेरी नदिमा अन्त्यष्ठि गरिएको छ । सामुहिक बलात्कार पछि इनिशाको हत्या गरिएको र दोषिलाई कारवाही नहुँदासम्म शव नबुझ्ने परिवारको अडान पछि २७ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् । दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएकाे छ । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।