६ कार्तिक २०८३, बिहीबार
अन्तर्राष्ट्रिय समाचार

कोरियाले समावेशी ग्रामीण विकासका लागि एक अर्ब रुपैयाँ बढी सहयोग गर्ने

२६ भाद्र, काठमाडौँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ । कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया सरकारका तर्फबाट कोइकाका […]

मुख्‍य समाचार समाचार समाज

स्कूलबाट फर्कदै गरेकी एक बालिकाको खहरे खोलाले बगाएर मृत्यु

२६ भाद्र, काठमाडौँ । मकवानपुरमा खहरेले बगाएर एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानी गुरुङडाँडा बस्ने जितेन्द्र गुरुङको वर्ष १४ की रितिका भनिने रन्जिता गुरुङको खहरेले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । युनाइटेड बोर्डिङ स्कुलमा अध्ययनरत गुरुङलाई स्कुलबाट घर फर्किदै गर्दा घर नजिकैको मोरङ्गे खहरेले बगाएको […]

मुख्‍य समाचार समाचार समाज

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२६ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा […]

मुख्‍य समाचार समाचार

आज काठमाडौँका यी स्थानमा काटिँदै छ बिजुली

२६ भाद्र,  काठमाडौँ । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा […]

मुख्‍य समाचार समाचार समाज

श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु, दुई छोरी घाईते

२६ भाद्र, बारा । बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाईते भएका छन् । राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफ्नै ३५ बर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाँ प्रहार गरी हत्या गरेका […]

मुख्‍य समाचार समाचार

सरकारी कार्यलयमा टिएमएस नचलाउन पत्राचार

काठमाडौँ ।  अनलाइन शेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ सरकारी कार्यलयमा नचल्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै टिएमएस प्रविधि नचलाउन पत्राचार गरेको छ । कार्यालय समयमा टिएमएस चलाए/नचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत पत्राचार मार्फत आदेश समेत दिइएको छ । उपरोक्त सम्बन्धमा अख्तियार […]

मुख्‍य समाचार समाचार समाज

चाडबाडलक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गरिने

काठमाडौँ । सरकारले चाडवाडलक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सो जानकारी दिएका हुन्। उनले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए। […]

मुख्‍य समाचार समाचार समाज

केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटायो

काठमाडौँ । कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएको छ । १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निःशुल्कलगायतका माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएर उनकै निवासमा छाडी दिएको हो । निषेधित क्षेत्रमा अनसन बसेका कारण प्रहरीले अनशन स्थलबाट हटाएर सुरक्षित रूपमा उनकै निवासमा छाडीदिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद […]

मुख्‍य समाचार राजनीति समाचार

करिव ३ सय युवाले गरे एमालेमा प्रवेश

२५ भाद्र, काठमाडौँ । करिव ३ सय युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा करिव ३ सय युवाहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए । त्यसैगरी केन्द्रिय कमिटी सदस्य तथा इन्चार्ज रमेश पौडेल र जिल्ला कमिटीका अध्यक्ष रामजी […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँकाे निलगिरी गेस्ट हाउमा एक जना मृत फेला

२५ भाद्र , काठमाडौँ ।  अलग अलग ठाउँमा दुई जना मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जना मृत फेला परेका हुन् । निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ । कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

आइसिसी विश्वकप लिग-२: राष्ट्रिय टोलीको बिदाइ

२५ भाद्र , काठमाडौँ ।  आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नका लागि आज राति क्यानडा जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ । क्यानडामा हुने सो शृङ्खला भदौ ३१ देखि सुरू हुनेछ । असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० शृङ्खला सुरु हुनेछ। दुवै शृङ्खलामा नेपालले चार-चार खेल […]

मुख्‍य समाचार समाचार समाज

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

२५ भाद्र , काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङ दिपरुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता […]