२० श्रावण २०८३, बुधबार
राजनीति समाचार

एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदै

१८ भाद्र,  काठमाडौँ । सत्तारूढ नेकपा (एमाले)को पोलिट्ब्युरो बैठक आजबाट सुरु हुँदैछ। दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक बस्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। एमालेको पोलिट्ब्युरो बुधबारसम्म चल्नेछ। पोलिट्ब्युरोमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी […]

अन्तर्राष्ट्रिय समाचार

भेनेजुएलाका राष्ट्रपतिको प्लेन अमेरिकाले कब्जा गर्‍यो

१८ भाद्र,  काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्लेन अमेरिकाले कब्जा गरेको छ । बेलायती विश्व च्यानल बिबिसिकाअनुसार डोमिनिकल गणतन्त्रबाट कब्जा गरिएको फाल्कन ९०० इएस्क जहाज अमेरिकाले कब्जा गरेर फ्लोरिडामा लगेको छ । प्लेनमा मदुरो भने सवार थिएनन्। एक करोड तीस लाख अमेरिकी डलर दाम पर्ने प्लेन कब्जा गरिएको हो ।

समाचार समाज

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

१८ भाद्र,  हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी र हेटौँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको हो । मकवानपुरको भीमफेदी ६ जुरीखेतको हेटौँडा-काठमाडौं सडकखण्डमा भएको दुर्घटनामा प्र.२-०३-०११ प ३४७४ नम्बरमा सबार मोटरसाइकल चालक पर्सा वीरगन्ज-१५ लक्षुमन्वा बस्ने वर्ष ४० को वृत नारायण यादवको […]

समाचार समाज

बेवारिसे अवस्थामा महिलाको शव फेला

१८ भाद्र, काठमाडौँ । मकवानपुर बागमती गाउँपालिका ४ चौरादोभानस्थित बागमती नदीको बिच बगरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब २४÷२५ वर्षीया महिलाको शव सोमबार साँझ फेला परेको हो । लास घोप्टो अवस्थामा फेला परेको छ भन्ने […]

अन्तर्राष्ट्रिय समाचार समाज

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

१८ भाद्र, काठमाडौँ । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ । आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र छ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका […]

राजनीति समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै

१८ भाद्र, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । यस्तै, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण […]

समाचार समाज

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प

१८ भाद्र, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

समाचार समाज

धनगढीमा पेस्तोल भेटियो, शङ्कास्पद व्यक्ति फरार

१८ भाद्र, काठमाडौँ । कैलालीको धनगढीमा पेस्तोल फेला परेको छ । धनगढी उप–महानगरपालिका –७ मनेहरा स्थित जुगेडा जाने बाटो छेउमा पेस्तोल फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जुगेडामा केही व्यक्ति लागू औषध सेवन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पेस्तोल फेला परेको थियो । प्रहरी पुगेपछि लागू औषध प्रयोगकर्ता भने फरार भएको […]

समाचार समाज

बन्दुक देखाएर लुटिएका भरतपुरका प्रधानको अमेरिकामा मृत्यु

१८ भाद्र, काठमाडौँ । नौ बर्षदेखि अमेरिकामा बस्दै आएका ४७ वर्षीय नेपाली शान्तलाल प्रधान मंगलबार मेरिल्याण्डको अपर मार्लबोरोस्थित आफ्नै कोठामा मृत फेला परेका छन्। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकका रपमा नाम कमाएका प्रधानले अमेरिकामा रहँदा धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो। उनलाई केही वर्षअघि टेक्सासमा बन्दुक देखाएर लुटिएको थियो, जुन […]

समाचार समाज

नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

१८ भाद्र, काठमाडौँ । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ । यस्तै, कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय […]

समाचार समाज

धनगढीमा फोहोर व्यवस्थापन गर्ने कर्मचारीकाे मृत्यु

१८ भाद्र, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने पुरुष एक्कासि ढलेर मृत्यु भएको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र पटेलामा काम गर्दै आएका भजनी नगरपालिका – ८ घर भई हाल धनगढी उप–महानगरपालिका १७ धुर्जन्नामा बस्दै आएका झलीराम चौधरीको मृत्यु भएको हो । उनको कोठाबाट काम गर्ने स्थान जाने […]

समाचार समाज

सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियामा भुवा पर्व मनाउने

१८ भाद्र, काठमाडौँ ।  सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियामा भुवा पर्व मनाउने भएको छ। स्वदेश तथा विदेशमा मानव सेवा, विपत्तीमा सहयोग हातेमालो, आफ्नो कला संस्कृतिको अन्तराष्ट्रिय प्रचार प्रसार लगायतका उद्देश्य लिएर सन् २००५ मा स्थापित सुदूरका नौवटै जिल्लाको एउटै छाता संगठन सुदूरपश्चिम समाज दक्षिण कोरियाले विभिन्न उद्देश्य राखि सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ। यसपटक भने […]