१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन

१३ साउन, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको  प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको  बताएका हुन् । उनले  भने,  ‘यो जहाजको जुन छानविन आयोग  गठन भएको  छ, […]

मुख्‍य समाचार समाचार समाज

‘डिआइजी मनोज केसीलाई कसरि सरुवा गरियो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ’

१३ साउन, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुँने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् । उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई […]

मनोरन्जन मुख्‍य समाचार

‘किवाहाङ’मा लाहुरे संस्कृतिको दृष्टिकोण

१३ साउन, काठमाडौं । साहित्यकार राजकुमार राईको नवीनतम उपन्यास ‘किवाहाङ’बारे काठमाडौंमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लेखक÷समीक्षक प्रा.डा. कुमारप्रसाद कोइराला, राजकुमार बानियाँ, डा. पुरण राई, नन्दु उप्रेती र गीता रेग्मीले यस कृतिमाथि परिचर्चा गरेका हुन् । उनीहरूले यो उपन्यास लाहुरे परम्पराका विषयमा मिहीन ढंगले बोलेको टिप्पणी गरेका छन् । यो काल्पनिकताभन्दा पनि तथ्यमा आधारित […]

मनोरन्जन मुख्‍य समाचार

दुर्गेश थापाको ‘झुम्का हरायो’को  प्रिमियर भव्यताका साथ सम्पन्न

१३ साउन, काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको नयाँ तिज गित ‘झुम्का हरायो’ को  प्रिमियर शो भव्यताका साथ समपन्न भएको  छ । आइतबार आइप्लेक्स मलमा आयोजित प्रिमियरमा विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो । उक्त गितमा लय शब्द दुर्गेश स्वयमकै छ  भने  आवाजमा गायिका शान्ति श्री परियार र पशुपति शर्माको रहेको  छ । साथै गितमा […]

मुख्‍य समाचार राजनीति

डा मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

१३ साउन, काठमाडौँ । डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आज आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए । डा ढकालले पार्टीले आफूलाई […]

मुख्‍य समाचार समाचार

कारागार र बालसुधारगृहको सुधारमा तीनवटै तहबीच समन्वय आवश्यक छ : गृहमन्त्री लेखक

१३ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएको छन्। प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आज यहाँ बसेको बैठकमा गृहमन्त्री लेखकले भने–“देशभरका कारागारमा कैदीबन्दीको सङ्ख्या अत्यधिक  रहेको छ । भौतिक पूर्वाधरको अभाव छ”,उनले भने, “भौतिक पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ ।” […]

मुख्‍य समाचार समाचार समाज

बारेकोटको लक्ष्यः सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात

१३ साउन, काँक्रेविहार । जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ । ‘मानव, पशु अलग घर’कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा यी कार्यलाई निरन्तरता दिएको हो । मानव र पशुचौपाय एकै घरमा रहँदा मानव स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै गाउँपालिकाले यो नीति लिई […]

मुख्‍य समाचार समाचार समाज

लागुपदार्थ दुर्व्यसन र कारोबारमा फस्दै युवा

१३ साउन, महोत्तरी । जिल्लामा लागुपदार्थको कारोबार र दुव्र्यसनमा धेरैजसो युवापुस्ता फस्ने गरेका छन् । सीमा वारपार हुने लागुपदार्थ कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका ७१ मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् […]

मुख्‍य समाचार समाचार समाज

उर्लेर आउँदा मर्स्याङ्दीको भेल…

१३ साउन, गण्डकी । त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुनुहुन्छ । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उहाँ परिवारसँग घरमै हुनुहुन्थ्यो । अपराह्नको समय थियो । घरछेउबाट मस्र्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मस्र्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि त्यो दिन रुप फेरेका थिए । “साँझ ५ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नती गर्ने

१३ साउन, वासिङ्टन । वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गरे । अमेरिकाबाट करिब छ हजार ५०० किलोमिटर टाढा रहेको जापानमा हवाईस्थित इन्डो–प्यासिफिक कमान्डअन्तर्गत करिब ५४ हजार अमेरिकी सैनिकहरू छन् । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टोकियोमा […]

मुख्‍य समाचार समाचार समाज

कान्ति लोकपथ अवरुद्ध

१३ साउन, मकवानपुर । काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो । यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटाँैडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं […]

बैंक–वित्त

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द

१३ साउन, कास्की । मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प […]