१० चैत्र २०८२, मंगलवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

१४ साउन, सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षीय क्यान्सरपीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ । दीपेश बुढा मस्तिष्क क्यान्सर (ब्रेन ट्युमर) ले ग्रसित हुँदा उपचारका लागि आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । चिकित्सकका अनुसार क्यान्सरबाट पीडित छोराको शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावले समस्या भएको बुबा बलबहादुर बुढाले गुनासो पोखे […]

मुख्‍य समाचार राजनीति

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…

१४ साउन, काठमाडौँ । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उहाँ जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्वतमा मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

१४ साउन, पर्वत । गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो […]

मुख्‍य समाचार राजनीति

किसानलाई सहज हुनेगरी आयोजना अगाडि बढाउनुपर्नेमा जोड

१४ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए। “छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द

१४ साउन, मङ्गलबारे । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो । त्यसयता […]

प्रवास मुख्‍य समाचार

भाषाको संवर्द्धनमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण’

१४ साउन, वाशिङ्गटन डिसी । नेपाली भाषा र साहित्यको क्षेत्रमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण हुने आइतबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मेरिल्यान्डमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले विश्वभर छरिएर बसेका नेपालीसँगै  भाषा र साहित्य पनि ती भूगोलमा पुगेकाले नेपाली भाषीको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । मेरिल्यान्ड […]

मुख्‍य समाचार समाज

बृहत्तर जनकपुरमा चुलिँदै विवाद, खुम्चिँदै प्रतिष्ठा

१४ साउन, काठमाडौँ । आर्यचिन्तन परम्पराको केन्द्र जनकपुरधाम आदिकालदेखि नै आफैँमा बृहत् छ । पछिल्लो समय ‘बृहत्’ भनेर महिमागान हुने जनकपुरका ती आधारहरू निरन्तर कमजोर हुँदै गइरहेका छन् । धार्मिक अनुष्ठानका लागि दानीहरूले दिएका भूमि अतिक्रमणमा परेका छन् । विद्वान-विदुषीहरूले बसालेको चिन्तन परम्परा र तिनको संरक्षणका लागि बनाइएका धार्मिक तथा गैरधार्मिक प्रतिष्ठानहरू विवाद तथा बेथितिको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बस दुर्घटनामा आमा–छोराको मृत्यु

१४ साउन, कास्की । कास्कीको पोखरामा आज भएको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो । सो घटनामा पोखरा–२१ बस्ने उक्त […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र

१४ साउन, बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आउने भएको छ । जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरेका हुन् । कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले चिस्यान केन्द्र भवन निर्माण सम्पन्न भएर उपकरण जोड्नमात्रै बाँकी रहेको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

धार्चे पहिरो : बेपत्ताको खोजी जारी

१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । बेपत्ता भएकाको खोजीका […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गण्डकी प्रदेशः पशुमा पूर्णखोप अभियान

१४ साउन, कास्की । गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा २० लाख ४८ हजार तीन सय ६८ मात्रा खोप लगाइएको छ । गण्डकी प्रदेश सरकारले रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो । खोप कार्यक्रममा गाईभैँसीलाई लाग्ने […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

१४ साउन, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा […]