१० चैत्र २०८२, मंगलवार

काठमाडौँमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

१६ साउन, काठमाडौँ । काठमाडौँकाे ढल्कुमा आज दुई समूहबीचकाे झडप हुँदा ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको छ ।  झडपकाक्रममा धारिलो हतियार प्रहारबाट एककाे मृत्यु हुनुका साथै छ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । साथै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, […]

मुख्‍य समाचार राजनीति समाचार

मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । उनले […]

राजनीति समाचार

राप्रपाका जिल्ला अध्यक्षहरूको साउन १७ र १८ गते काठमाडौँमा भेला हुँदै

१६ साउन, काठमाडौँ  ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरूले आफ्नो […]

अर्थ समाचार

सेयर बजारमा हालसम्मकै उच्च रेकर्ड

१६ साउन, काठमाडौं ।बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

साँफे-मार्तडी सडक सुचारु

१६ साउन,बाजुरा । बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सुचारु भएको छ । खहरे खोलामा मंगलबार राति बाढी आएको थियो । बडीमालिका नगरपालिका अन्तर्गत पर्ने नुनेपानी भन्ने स्थानमा बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो । बडीमालिका नगरपालिकाको जेसीबीले सडक पन्छाएपछि नियमित यातायात सेवा सुचारु भएको हो ।

मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला

१६ साउन, कञ्चनपुर । कञ्चनपुरमा एक युबक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका हुन। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दार्चुलाकाे एक गोठमा आगलागी

१६ साउन, दार्चुला । दार्चुलाकाे एक गोठमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दर्माका तेजसिं खत्रीको गोठमा आगलागी भएको हो। गोठमा किरा भगाउँन बालेको आगो गोठमा सल्केर आगलागी भएको हो। आगलागीबाट एक गोरु र एक भैँसी मरेको छ। गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ। मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ।

मुख्‍य समाचार राजनीति समाचार

मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । उनले […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाघको आक्रमणबाट महिला घाइते

१६ साउन, कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मंगलबार साँझ जिल्लाको शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीय मानमती साउँद बाघको आक्रमणबाट घाइते भएकी हुन्। घर नजिकै रहेको गाई गोठमा गाइलाई घास हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो। इलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी सहायक निरीक्षक मोहनसिंह ठगुन्नाको कमाण्डमा खटिएको ५ जनाको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

१६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताएका हुन् । […]

मुख्‍य समाचार राजनीति

आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

१६ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् । डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले आर्जन गरेको अनुभव, […]

मुख्‍य समाचार समाचार समाज

वर्षाले रुख ढल्दा घरमा क्षति

१६ साउन, धनगढी । कैलालीमा रुख ढल्दा एक घरमा क्षति पुगेको छ । जिल्लाको कैलारी गाउँपालिका–७ स्थित छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति पुगेको हो । सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा पूर्ण रुपमा क्षति भएको बताईएको छ । रुख ढल्दा घरमा भएको अन्नपात नोक्सान भए पनि मानवीय क्षति हुनबाट जोगिएको जनाइएको […]