१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

१७ साउन, म्याग्दी। बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो । सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको […]

मुख्‍य समाचार समाचार समाज

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

१७ साउन, जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो […]

मुख्‍य समाचार समाचार समाज

किसानलाई अनुदानमा हातेट्रयाक्टर

१७ साउन, दमौली (तनहुँ) । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो । कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत रु १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्रयाक्टर खरिद गरिएको थियो […]

मुख्‍य समाचार समाचार समाज

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

१७ साउन, फिक्कल (इलाम)। इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुन छन। […]

मुख्‍य समाचार समाज

किम्बु बगैँचा मासेर बीउ उत्पादन गर्दै स्रोत केन्द्र

१७ साउन, वालिङ (स्याङ्जा) । वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले किम्बु बगैँचा मासेर विभिन्न अन्नका बीउ उत्पादन थालेको छ । विसं २०४१ मा रेशमखेती गर्ने उद्देश्यले स्थापना भएको रेशम विकास कार्यालयको नाम र काम परिवर्तन भएसँगै किम्बु बगैँचा फाडेर अन्नको बीउ उत्पादन थालिएको हो । २०४२ सालमा ३५ रोपनी क्षेत्रफलमा किम्बु बगैँचा लगाएर […]

मुख्‍य समाचार समाचार समाज

झापामा एक हजार एक सय १० उद्योग दर्ता

१७ साउन, भद्रपुर (झापा) । आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार दुई सय ८८ उद्योग खारेज हुँदा […]

मनोरन्जन समाज

काठमाडौंमा ‘मोदीबेनी’ भव्य प्रिमियर

१७ साउन, काठमाडौं ।  भोलि (शुक्रवार) देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  ‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा नव अभिनेता अमर प्रताप […]

मुख्‍य समाचार राजनीति समाचार

चारवटा संसदीय समितिको बैठक बस्दै

१७ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना […]

खेलकुद मुख्‍य समाचार समाज

काभा नेसन्स लिग आजदेखि

१७ साउन, काठमाडौं । काभा नेसन्स लिग भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस ओलम्पिक : प्रिन्स समूह चरणको सबै खेलमा पराजित

१७ साउन, पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खेलमा ५८ औं विश्व […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

१७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ […]

मुख्‍य समाचार समाचार समाज

बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

१७ साउन, काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली साथै बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर […]