६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार

नेपालमा क्यानाडाको राजदूताबास आवश्यक

३ असोज, काठमाडौं । क्यानाडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले नेपालमा क्यानाडाको राजदूताबास आवश्यक भएको बताएकी छिन । उनले दुताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी छन्। क्यानेडियन विदेशमन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् । ‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने […]

मुख्‍य समाचार समाचार

गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू

३ असोज, धनगढी ।  सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगतको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो । अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ । स्तन क्यान्सरको परीक्षण र उपचार […]

मुख्‍य समाचार समाचार

आज डोटीमा साहित्य उत्सव हुँदै

३ असोज, डोटी । डोटीमा आज साहित्य उत्सवको आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सिलगढीमा उत्सव आयोजना गर्न लागिएको हो । साहित्य उत्सवको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गर्ने तय भएको नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले बताए। उत्सवमा […]

मुख्‍य समाचार समाचार

आज संविधान दिवस, टुँडिखेलमा मूल समारोह, दरबारमार्गमा कन्सर्ट

३ असोज, काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले […]

मुख्‍य समाचार समाचार

वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने

३ असोज, काठमाडौँ । नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव […]

मुख्‍य समाचार समाचार

धरहरा निःशुल्क चढ्न पाइने, अनलाइन टिकट भोलिदेखि मात्रै

३ असोज, काठमाडौँ ।  आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार धरहरा चढ्न तत्काल शुल्क तिर्नुपर्ने छैन । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म अहिलेलाई निःशुल्क गरिएको इकाइले जनाएको छ । इकाइले निःशुल्क प्रवेश गर्ने अनलाइन टिकटका लागि वेबसाइट बनाइरहेको छ । dharhara.gov.np मार्फत […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

३ असोज,  वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व […]

मुख्‍य समाचार समाचार समाज

‘विद्यालय शिक्षा विधेयक जसरी पनि आउँछ’

३ असोज, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सवका अवसरमा शिक्षाविद्, शिक्षाकर्मी र शिक्षा पत्रकार सम्मानित र पुरस्कृत गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षाविद् प्रा डा वासुदेव काफ्ले, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, सिन्धुलीको गणेश माविका व्यवस्थापन समितिका अध्यक्ष विमला विश्वकर्मा, […]

मुख्‍य समाचार समाचार समाज

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

३ असोज, काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात् जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ । गएराति ८ बजे मध्यपुरथिमि –५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात् महादीप  बोकेर खाली […]

मुख्‍य समाचार समाचार समाज

प्रयोगविहीन भयो झोलुङ्गे पुल

३ असोज, तुलसीपुर । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन […]

मुख्‍य समाचार समाचार समाज

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

३ असोज, म्याग्दी । चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् । यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा […]

मुख्‍य समाचार राजनीति समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

३ असोज, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको […]