११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

जटिल प्रकारका रोगीलाई एक लाख रुपैयाँले पुग्दैनः मन्त्री पौडेल

२४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले नपुग्ने बताएका हुन् । उनले भने, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ । जटिल प्रकारका रोगीलाई अहिलेको […]

मुख्‍य समाचार समाचार समाज

प्रधानसेनापतिको कार्यभार सिग्देललाई, शर्मा भोलिदेखि बिदामा

२४ साउन, काठमाडौं । नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका हुन् । शर्मा पदावधिको हदले नेपाली सेनाबाट आजदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । उनी भोलिबाट बिदामा बस्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।नेपाली […]

मुख्‍य समाचार समाचार समाज

‘विद्यालय शिक्षा विधेयक’ अपाङ्गतामैत्री हुनुपर्ने माग

२४ साउन, काठमाडौँ । सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ अपाङ्गतामैत्री हुनुपर्ने माग गरे । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद सोविता गौतमले अपाङ्गता भएकाहरुका लागि राज्यले छुट्टै लगानी गर्नुपर्छ भने । “त्यसका लागि अपाङ्गतामैत्री पाठ्यक्रम, भौतिक संरचना र विद्यालयको वातावरण अपाङ्गतामैत्री हुनुपर्ने कुरा विधेयकमा राख्नुपर्ने हुन्छ”, उनले […]

मुख्‍य समाचार समाचार समाज

खानेपानी महसुल वृद्धिविरुद्ध धरान उपमहानगर कार्यालय परिसरमा नाराबाजी

२४ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ । महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरु उपमहानगर परिसरमा छिर्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी मानबहादुर राईका अनुसार प्रदर्शनकारीहरु उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको बताए । त्यस क्रममा एक जना प्रहरी कर्मचारीको औंलामा […]

मुख्‍य समाचार समाचार समाज

बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा ३४ जनाको मृत्यु

युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । बङ्गलादेशको नदीमा मङ्गलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ । उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

२४ साउन, काठमाडौं । रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा राखिएको छ । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो । सोही अनुसार […]

मुख्‍य समाचार राजनीति समाचार

कठिन समयमा आमालाई सहयोग गर्न नसकेकामा पूर्वप्रधानमन्त्री हसिनाकी छोरीद्वारा दुःख व्यक्त

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले देशको कठिन समयमा आफ्नी आमाको दुःखमा साथ दिन नसकेकामा निराशा व्यक्त गरेकी छिन् । उनले बङ्गलादेशमा द्वन्द्वका कारण ज्यान गुमाएकाप्रति दुःख प्रकट गर्दै र देशमा जारी अशान्ति छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे। दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षेत्रीय निर्देशक शेख हसिनाकी छोरी साइमाले सामाजिक […]

मुख्‍य समाचार समाचार

हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ

२४ साउन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताए । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए । उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक […]

मुख्‍य समाचार समाचार

नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

बङ्गलादेशी प्रधान मन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् । आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका छन् । हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत […]

समाचार

हवाई सुरक्षा मापदण्डबारे स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

२४ साउन, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको समग्र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न विज्ञहरु सम्मिलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए÷नभएको अवस्थाबारे १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा […]

मुख्‍य समाचार समाचार

लाटभियन नागरिकले खेलौनामा लुकाएर ल्याएका थिए छ किलो कोकिन

२४ साउन, काठमाडौँ । छ किलो बढी अवैध लागुऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर दुई सय ९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको थियो । ब्यूरोले आज पत्रकार सम्मेलन गरी छ किलो […]

मुख्‍य समाचार समाचार

अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया

२४ साउन, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ । लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन) २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया […]