१९ श्रावण २०८३, मंगलवार
अनौठो संसार मुख्‍य समाचार समाचार समाज

आफ्नो महिनावारीको रगत बेच्दै युवती !

३० भदौ, काठमाडौं । यी युवती पेशाले मोडल हुन् । उनले आफ्नो छालाको हेरचाहको लागि महिनावारीको रगत पनि प्रयोग गर्ने गरेको बताउँछिन् । उनले यसलाई फेस मास्कको रूपमा प्रयोग गर्छिन्। उनले सामाजिक सञ्जालमा यो खुलासा गरेकी हुन् । २२ वर्षकी मोडलले सामाजिक सञ्जाल टिकटकको एकाउन्टमा यसबारे पोस्ट गरेकी छिन् । उनले आफ्नो छालालाई राम्रो बनाउन […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

३० भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो । बर्नमाउथको मैदानमा खेल बराबरीतर्फ उन्मुन भएका बेला चेल्सीले ८६ औं […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पीएसजीको पुनरागमन जीत

३० भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो । पीएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत […]

मुख्‍य समाचार राजनीति समाचार

सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै

३० भदौ, काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बिहान ९ बजे बस्ने बैठकले प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने बताइएको छ । बिहीबारे सुनुवाई सकिएका १७ देशका लागि सिफारिस राजदूतको सम्बन्धमा निर्णय गर्ने संघीय संसद सचिवालयले जनाएको छ । सरकारले गएको साउन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नुपर्यो : प्रचण्ड

३० भदौ, झापा । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नु परेको बताएका छन् । झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् । सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा पट्टा दिने निर्णय उल्टाएको छ । सो मुद्दाको पुर्णपाठमा २०६१ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

धारा नेपालगञ्ज म्याराथनलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’

३० भदौ, काठमाडौं । धारा नेपालगञ्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुनेछ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार बर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ […]

मुख्‍य समाचार राजनीति समाचार

दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको कब्जामा जान्छ’

३० भदौ, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको र दलालहरुको नियन्त्रण जाने टिप्पणी गरेका छन् । आइतबार माओवादी नेता पोष्ट बहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओायजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनता र समाजवादउन्मुख गणतन्त्रको पक्षमा उभिएर […]

मुख्‍य समाचार समाचार समाज

लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा

३० भदौ, काठमाडौं । वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म […]

राजनीति समाचार समाज

उपसभामुखलाई हटाउन नहुने

३० भाद्र,  मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गरेका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गरे।“जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुँदैन, यसबाट सत्तापक्ष […]

मुख्‍य समाचार समाचार समाज

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

३० भाद्र, काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

३० भाद्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका दश जना स्रष्टालाई सम्मान गर्नुभएको छ । सांस्कृतिक समाज नेपालले  आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदुरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्‍याउने यक्तित्वहरूलाई सम्मान गर्नुभयो । राष्ट्रपति […]

मुख्‍य समाचार समाचार समाज

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

काठमाडौँ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए। डा. गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो […]