संविधान संशोधनलाई कांग्रेस–एमालेले सत्तामा उक्लने भर्याङ बनाए : प्रचण्ड
७ असाेज, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले माओवादीलाई सरकारबाट हटाउन र आफू सत्तामा उक्लनका लागि संविधान संशोधन भन्ने एजेण्डालाई भर्याङ बनाएको आरोप लगाएका छन्। सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि कांग्रेस–एमालेले संविधान संशोधनको कथा बुनेको आरोप लगाएका हुन्। प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा […]











