११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

देशलाई सिस्टममा लैजान युवाको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

२७ साउन, काठमाडौं । उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिका निर्वाह गरेको बताए । […]

राजनीति समाचार

अमेरिकी षड्यन्त्रमा शेख हसिना र मलाई सत्ताच्यूत गरियो : दाहाल

२७ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण सुनाएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले बांङ्लादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । ‘प्रचण्ड’ले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

२७ साउन, पेरिस । शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भेनेजुएलाका विपक्षीद्वारा मदुरोसँग ‘उत्पीडन’ अन्त्य गर्न माग

२७ साउन, भेनेजुएला । भेनेजुएलाका विपक्षी उम्मेदवारले शनिबार राष्ट्रपति निकोलस मदुरोसँग ‘हिंसा र उत्पीडन’अन्त्य गर्न आह्वान गरेका छन् । मुलुकको उच्च अदालतले जुलाई २८ को विवादित निर्वाचनमा आगामी फैसलाविरुद्ध पुनरावेदन गर्न नसकिने बताएको केही घन्टापछि विपक्षी उम्मेदवारले उक्त आह्वान गरेका हुन् । ठूलो अन्तरले राष्ट्रपति पदमा विजयी भएको दाबी गर्नुहुने एडमन्डो गोन्जालेज उरुटियाले सामाजिक सञ्जालमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडितलाई १५ लाख सहयोग

२७ साउन, वालिङ । स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–११ छाप घर भइ हाल गल्याङ बजारमा बस्दै आउनुभएकी जमुना थापाको उपचारका लागि नेपाल मगर सङ्घ गल्याङ नगर समितिले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत थापाको जीवन […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

माछाका भुराको माग बढ्दै

२७ साउन, गोदावरी । सुदूरपश्चिम प्रदेशमा माछापालनमा किसानको आकर्षण बढेपछि माछाका भुराको माग बढ्दो छ । यहाँका करिब दुई सय बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ । प्रदेश सरकार मातहतका कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले मागअनुसार भुराको उत्पादन वृद्धि गर्न सकेको छैन। केन्द्रले माग धान्न नसकेपछि यहाँका माछापालक किसान […]

अर्थ मुख्‍य समाचार समाचार

बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

२७ साउन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०-८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकरी प्राप्त भएको छ । सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ

२७ साउन, बनियानी । यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

झरीमा पोखरा साहित्यमय

२७ साउन, गण्डकी । सप्ताहन्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसस्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए । पोखरा झरीको याममा पनि साहित्यमय बन्यो । पोखरा महानगरपालिका–२६ मा शनिबार आयोजित ‘वडा उत्सव’मा चर्चित गजलकार प्रदीप रोदन, मन क्षेत्री र कपिल शर्मा प्रस्तुत भए । रोदनले सात, क्षेत्री […]

पर्यटन प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

२७ साउन, बाँके । जिल्लाको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् । कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताए । […]

मुख्‍य समाचार समाचार समाज

मौरीपालनबाट मासिक ५० हजार आम्दानी

२७ साउन, मन्थली । यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन् । सानै उमेरमा सहर पस्नु भएका मगर कोरोना कहरका कारण गाउँ फर्किएका थिए । कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे । कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच […]

मुख्‍य समाचार समाचार समाज

डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

२७ साउन, गण्डकी । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् । वन […]