साइबर सुरक्षा नीतिका प्रावधानमाथि सरोकारवालाको प्रश्न
२७ साउन, काठमाडौं । सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० का विभिन्न व्यवस्थाहरूमाथि प्रश्न उठेको छ । नेपाललाई साइबर आक्रमणबाट जोगाउने र इन्टरनेटलाई सुरक्षित राख्ने लक्ष्य राख्दै सरकारले पोहोर २६ साउन ०८० मा जारी गरेको नीतिले गरेका कतिपय व्यवस्था लोकतन्त्र र संविधानको मर्म र मानव अधिकार प्रतिकूल रहेको भन्दै विरोध हुन थालेको छ […]











