इन्द्रजात्रा समारोहमा बालेन अनुपस्थित
१ असोज, काठमाडौँ । इन्द्रजात्राका अवसरमा काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरू समारोहमा उपस्थित छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए । […]











