१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मुआब्जा वितरण गर्न माग

२९ साउन, दमौली । भानुभक्त प्राणी उद्यानका जग्गाधनीले मुआब्जाको माग गरेका छन् । भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अविलम्ब मुआब्जा वितरण गर्नुपर्ने माग गर्दै उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना समेत दिएका छन् । यसअघि उनीहरूले गत साताको मङ्गलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई अविलम्ब मुआब्जा वितरण गर्न माग गरेका थिए । आफ्ना […]

मुख्‍य समाचार समाचार समाज

व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण

२९ साउन, मध्यविन्दु । बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा बाख्रापालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताए । आव २०७९-८० […]

मुख्‍य समाचार विचार समाचार समाज

फेरिएकी सुजाता !

२९ साउन, काठमाडौँ । सुजाता कोइराला बुबा गिरिजाप्रसाद कोइरालाको पेरिफेरिमा रहेर नेपाली राजनीतिमा उदाइन् । र, शक्ति अभ्यासमा केन्द्रित भइन् । शक्तिको रुचि बढ्दा उनले आफूलाई अब्बल महिलाको रुपमा उभ्याउने कोशिश गरिन्। शक्तिको आडमै उपप्रधान तथा परराष्ट्र मन्त्री बनिन् । उक्त पद बुबा गिरिजाको कारण पाएको भन्नेको कमी छैन । तर, उनले जुन पद हासिल […]

मुख्‍य समाचार समाचार समाज

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

२९ साउन, भद्रपुर (झापा) । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार […]

मुख्‍य समाचार समाचार समाज

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

२९ साउन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो । बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्ग […]

मुख्‍य समाचार समाचार समाज

मोरङको बेलबारीमा हात्ती मृत फेला

२९ साउन, बेलबारी (मोरङ) । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गको टोलीले […]

मुख्‍य समाचार राजनीति समाचार

प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

२९ साउन,  काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । सुनुवाई प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ । परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै

२९ साउन,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बस्ने बैठक मंगलबार साढे १० बजे बस्नेछ । दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक बस्दै : ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

२९ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संघीय […]

अर्थ मुख्‍य समाचार समाज

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर […]

मुख्‍य समाचार समाचार समाज

क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

२९ साउन, अटवा । क्यानाडाको अटवामा दुइ दिने प्राज्ञिक सम्मेलन सम्पन्न भएको छ ।अटवाको नेपाली समुदाय तथा अटवा विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनद्वारा संयुक्तरुपमा अटोवा विश्वविद्यालयमा आयोजित दुइदिने प्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत १०० जना भन्दा बढी अध्येताहरूको सहभागिता थियो । सम्मेलनमा न्यु ब्रन्जविक विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक बासु शर्माले फरक फरक संस्कृतिहरुकाबीच वार्ता […]

राजनीति समाचार

जुवाखालमा पक्राउ परेका सांसद र कलाकार दोस्रो दिनमै छुटे

२९ साउन, काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारी तथा कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना भोलिपल्टै छुटेका छन्। शनिबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले एकैदिनमा अनुसन्धान गरी आइतबार मुद्दा दायर गरी छाडेको हो।आइतबार नै सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेकोमा सबै जना १०–१० हजार धरौटीमा छुटेका […]